शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कांग्रेसले प्रधानमन्त्रीलाई घर पठाउनुपर्छ : थापा

कांग्रेसले प्रधानमन्त्रीलाई घर पठाउनुपर्छ : थापा


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ६ २०७७, शुक्रबार

स्याङ्जा, ६ चैत– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनु कांग्रेसको कर्तव्य भएको जिकिर गरेका छन् । उनले छोटो समय भए पनि कांग्रेस नेतृत्वमा सरकार बनाएर ओलीलाई बिदा गर्नुपर्ने बताए ।
स्याङ्जाको भिरकोटमा आयोजित आमसभामा बोल्दै उनले प्रधामन्त्री केपी शर्मा ओलीलाई अब पनि सत्तामा राख्नु भनेको संसद, अदालत र निर्वाचन आयोगलाई पंगु बनाउनु भएको दावी गरे । उनले सुशासन र देशलाई चुनावमा लैजाने दायित्व कांग्रेसको भएको उनले दोहो¥याए । नेपाली कांग्रेस सरकारमा जाने कि नजाने भन्नेबारे विवाद कायमै भएको बेला थापाले नेपाल कम्युनिष्ट पार्टीको मृत्यु भइसकेकाले अब ओलीको वैधानिकता गुमेको बताए ।
राष्ट्रपति त प्रधानमन्त्री ओलीको प्रवक्ता र गोटी बनेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोग ओली आयोग भएको आरोप पनि लगाए । उनले अहिलेका मुख्यमन्त्रीहरु पनि प्रधानमन्त्री ओलीजस्तै भएको बताउँदै उनले प्रश्न गरे,‘ अहिलेका मुख्यमन्त्री मुख्यमन्त्रीजस्ता छन् ? मुख्यमन्त्रीजस्ता छन् सबै प्रधानमन्त्री ओलीको बिग्रेको फोटोकपीजस्ता छन् ।’ ओलीको स्वेच्छाचारितालाई तत्कालीन नेकपाका नेताहरुले रोक्न नसकेको र लोभमा फसेको पनि उनको भनाई थियो । माधव नेपाल र प्रचण्डलाई हेप्न थालेका प्रधानमन्त्रीले सबैको नाडी छामेर संविधानलाई पनि हेप्न थालेको उनले बताए । प्रधानमन्त्रीको गति र मति दुबै नभएको उनको भनाई थियो । ‘तपाईंको लागि केपी ओली बा होलान् मेरो लागि सन्काहा मात्र हुन्’, उनले भने,‘प्रधानमन्त्री ओलीको सनकको ठूलो मूल्य चुकाउनुपर्ने भएको छ । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले कम बोलेर संविधान बनाएको, वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा आफैले हार्ने चुनाव गराएर लोकतन्त्रको लागि ठूलो योगदान गरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->