बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

छात्रवृत्तिका लागि अक्षयकोष बृद्धि

छात्रवृत्तिका लागि अक्षयकोष बृद्धि


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०७७, शुक्रबार

बागलुङ, ६ चैत– जैमिनी प्राथमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति उपलव्ध गराउन एक शिक्षासेवीको स्मृतिमा स्थापना भएको अक्षयकोष परिवारले बृद्धि गरेको छ ।
जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेराको टुनिबोटमा रहेको जैमिनी प्राविमा रहेको अक्षयकोष वृद्धि गरिएको हो । स्थानीय शिक्षासेवी तुलसी पौडेलको स्मृतिमा स्थापना भएको ‘तुलसी पौडेल स्मृति अक्षयकोष’मा उनकी श्रीमती गौरादेवी पौडेलको जन्मदिन पारेर ५ हजार ५ सय ५५ रुपैयाँ थप गरेको छोरा राजु पौडेलले बताए ।
केही वर्षअघि स्थापना भएको कोषबाट प्राप्त व्याज रकमले रहेक वर्ष गरिब तथा जेहेन्दार छात्रछात्रालाई विद्यालयले शैक्षिक सामग्री तथा छात्राबृत्ति उपलव्ध गराउँदै आएको छ । अक्षयकोष वृद्धि गर्दै पौडेल परिवारले विद्यालयमा अध्ययनरत ९ जना बालबालिकालाई विद्यालय पोशाक, शैक्षिक सामग्री र झोला वितरण गरेको थियो ।
पौडेल परिवारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृतिनाथ पौडेललाई उक्त रकम हस्तान्तरण गरेको हो । बाबुको स्मृतिमा आमाको जन्मदिनमा हुने खर्च विद्यालयमा रहेको अक्षयकोषका लागि उपलव्ध गराएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->