झट्ट भन्न पर्दा यौन इच्छामा कमी हुनुलाई यौन दुर्वलता भनिन्छ । यसको लक्षण मानसिक तथा शारीरिक दुबै रुपमा देख्न सकिन्छ । यौन इच्छामा कमी हुनु, यौन सम्पर्कमा रुची नहुनु जस्ता कुराले मानसिक रुपमा यौन दुर्बलताको संकेत गर्दछ भने यौन इच्छा वा सम्पर्कका बेला लिंगमा कडापन नआउनु, मोटो वा ठूलो नहुनु शारीरिक रुपमा देखिने यौन दुर्बलताको संकेत हो । अर्थात् यो या त्यो जुनसुकै कारणले पनि यौनको भोग नलाग्नु वा यौनको प्यास मेटन नसक्नु यौन दुर्बलता हो ।
उमेर ढल्किदै गएर बुढेसकालमा यौन दुर्बलता हुनु स्वाभाविकै हो । बुढेसकालमा यौन चाहना हुने भएपनि यौन शक्ति बिस्तारै कम हुँदै जान्छ । युवा अवस्थामै यौन दुर्बलता हुनु चाहिँ समस्या हो । व्यक्तिको तल्लो थालामस, पिट्युटरी ग्रन्थी र लक्षित अंगमा असर गर्ने हर्मनको ठूलो भूमिका हुन्छ । साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ । महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ ।
दुर्बलताका कारण
रोगका कारणले त यौन क्षमतामा कमी आउँछ नै । उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक रोग, मानासिक तनाव, कुनै घातक रोगको रेडिएसन थेरापी, विभिन्न औषधि तथा लागुपदार्थ र दुव्र्यसनीका कारण, मानसिक तथा सामाजिक समस्याका धारणाका कारणले पनि यौन क्षमतामा समस्या हुन्छ । यौनाङ्गको सोथ (दुख्ने, पोल्ने, रातो हुने, तातो हुने, सुन्निने र अंगले काम नगर्ने) कारणले यौन दुर्बलता हुन्छ । यौनाङ्गको सोथ कुनै पनि यौनाङ्गको रोगका लक्षण तथा चिह्न हुन् ।
पुरुषको यौनाङ्गको अण्डाशय–पानी र इङ्गुइनल हर्निया हुँदा यौनाङ्गले पूर्ण काम गर्छन् तर यस्ता समस्याले यौन र यौन क्रिडामा भने समस्या हुन्छ । यौन सम्पर्क गर्न पुरुषको अण्डाशय–पानी र इङ्गुइनल हर्निया हुँदा प्रायः असम्भव नै हुन्छ । पुरुषमा इङ्गुइनल हर्निया अण्डाशयको आसपासमा हुन्छ । यस्तो किसिमको हर्निया महिलामा पनि हुन्छ । विशेषगरी हृदयाघात र हृदयाघात उपचारपछिको समय धेरै संवेदनशील समय हो । यस समयमा यौन क्षमतामा समस्या हुनु स्वाभाविकै हो ।
मधुमेहका रोगीहरूका धमनी र शिराको कोलेस्ट्रोल जम्मा भई धमनी र शिरा बाक्लो हुन्छ । यसको परिणामस्वरुप यौनाङ्गमा रक्तसञ्चारको कमी हुन्छ । मधुमेहको समस्या भएको अवस्थामा मानसिक रुपमा यौन चाहना अत्याधिक भएपनि शारीरिक रुपमा भने यौनशक्ति कमजोर हुँदै जान्छ । यौन दुर्बलता महसुस भएको खण्डमा यौन सम्पर्कका लागि यौन शक्ति बढाउने उपाय अवलम्बन गर्न सकिन्छ । यौन शक्ति तथा क्षमता बढाउने केही उपाय छन् । आफूसँग सामान्य रुपमा भएको यौन क्षमता व्यायाम, मालिस र औषधिले वृद्धि गर्न सकिन्छ ।
मांशपेशीको व्यायाम
मांशपेशीको व्यायामले यौन शक्ति बढाउन सकिन्छ । कमजोर भएको लिंग र योनिको मांशपेशीको शक्ति मांसपेशीको व्यायामले बढाउन मद्दत गर्छ । यौन शक्ति बढाउनका लागि पेटको मांशपेशी, जाङको मांशपेशी, योनि र लिंगको मांशपेशीको व्यायाम गर्न सकिन्छ । मांशपेशीको व्यायाम विशेषगरी वयस्क र वृद्धावस्थामा अति उपयोगी हुन्छ । मांसपेशीको व्यायाम गर्दा पुरुष र महिलाले गुदद्वारको मांसपेशी खुम्च्याउने र फुलाउने गर्न सकिन्छ ।
दैनिक ४/५पटक र एक पटकमा ४०÷४५ पटक मलद्वारको मांसपेशी खुम्च्याउने र फुलाउने गर्नाले यौन शक्ति बढ्छ । एक पटकमा लगातार दुई सय पटक यो व्यायाम गर्दा पनि कुनै किसिमको हानि हुँदैन । बरु अति फाइदा हुन्छ । मलद्वारको मांसपेशीको व्यायामले महिलामा यौन क्रिडा शक्ति र कामोत्तेजना बढाउँछ भने पुरुषमा शीघ्र स्खलनबाट छुट्कारा पाउने सम्भावना बढी हुन्छ । यस्तो व्यायामले लामो समयसम्म यौन क्रिडा गर्न मद्दत पुर्याउँछ । यौन शक्ति बढाउन यस्तो व्यायाम दैनिक गरिरहनु पर्छ ।
मालिस
मालिस पुरानो र चलनचल्तीको यौन शक्ति बढाउने विधि हो । यौन शक्ति बढाउने मालिस विधि विकसित देशमा अत्यधिक चलनचल्ती र अभ्यासमा छ । यो विधि अत्यन्तै फलदायी पनि छ । यौन शक्ति बढाउने मालिसको ज्वलन्त उदाहरण अण्डाशयको मालिस हो । तालिमप्राप्त व्यक्तिले मालिस गर्नु उपयोगी हुन्छ । थाइल्यान्ड, मलेसिया, सिंगापुर र विकसित देशमा यस्ता मालिस अत्यधिक प्रयोगमा छन् । हाम्रो जस्तो परम्परागत र संकुचित समाजमा लुकेर यौन शक्ति बढाउने मालिस गर्ने चलन भएपनि खुलारुपमा बाहिर भनिँदैन ।
यौन शक्ति बढाउन पुरुषको लिंग र महिलाको योनीमा हातका औंला तथा हत्केलाको सहयोगले हल्का मध्यम किसिमले शक्ति लगाएर मालिस गरिन्छ । मसाजका प्रकारमध्ये यौनाङ्गको मालिस सबैभन्दा महँगो उपचार पद्धति हो । सन्तुष्टि तथा आनन्दानुभूतिका लागि विपरीत लिंगीले मालिस गर्दा अति उत्तम हुन्छ । विपरीत लिंगीले मालिस गर्न सम्भव नभएमा समलिंगीसँग पनि गर्न सकिन्छ । विशेषज्ञको सल्लाहमा यौन जोडीसँग पनि यौनाङ्गको व्यायाम गर्न सकिन्छ । यो व्यायाम समय गर्नुपर्छ भन्ने छैन । तर यौन शक्ति बढाउन यस्तो व्यायाम गरिरहन उत्तम हुन्छ ।
यौन शक्तिबर्दक औषधि
बजारमा भिएग्रा, मेडिग्रा, सिलेग्राजस्ता औषधिहरु आधिकारिक रुपमा दर्ता भएर आएका छन् । तर, बजारमा छ्याप्पछ्याप्ती पाइने अन्य औषधीहरु दर्ता नै भएका छैनन् । युवतीहरुलाई खुवाउने चुईगम, कफी, चकलेट युवाहरुले जति पनि मूल्य तिरेर प्रयोग गर्ने देखिएको छ । कफी र चकलेट मात्र होइन आजकाल बजारमा केटाहरुको लिङगमा प्रयोग गर्ने मलम, स्प्रे, तेल, क्याप्सुललगायतका औषधिहरुले बजार तताएको छ । सिलाजित, यार्सागुम्बा, च्याबनप्रास चल्तीका यौन शक्तिबर्धक आयुर्वेदिक औषधि हुन् । सिलाजित, यार्सागुम्बा, च्याबन प्रासजस्ता यौनबर्धक औषधिको प्रयोग गर्दा आयुर्वेदिक चिकित्सकसँग सल्लाह गर्दा राम्रो हुन्छ । किनकी कुनै अवस्था यस्तो हुन सक्छ जस्ले गर्दा तपाइले उक्त यौनबर्दक औषधी प्रयोग गर्न नहुने अवस्था पनि हुन सक्छ ।
सिटेड सिल्डेनाफिल पनि यौन शक्ति बढाउने औषधि हो । भियग्रा हो । तर यसको बेफाइदा पनि छ । सिल्डेनाफिल औषधिको प्रयोगले फोक्सोसम्बन्धी समस्या हुनुका साथै उच्च रक्तचाप र हृदयाघातको जोखिम हुन्छ । त्यसैले चिकित्सकको सल्लाहबिना कुनै पनि किसिमका यौनशक्तीबर्दक औषधिको प्रयोग गर्नु हुँदैन । यौन उत्तेजनाको समस्या भएका व्यक्तिले मनोविशेषज्ञको सल्लाह लिनु उचित हुन्छ । मनो चिकित्सक तथा मनोचिकित्सकको सल्लाहमा यौन समस्या समाधान गर्न सकिन्छ ।
यौन समस्या मांशपेशी र स्नायुको कारणले पनि हुन सक्छ । मांशपेशी र स्नायुका कारणले यौन क्षमतामा समस्या भएको हो भने शल्यचिकित्सकले योनाङ्गको ढाँचा बदलेर वा अंग प्रत्यारोपण गरेर पनि उपचार गर्न सकिन्छ । शरीरमा पोषण तत्वको कमीले पनि यौनजीवनमा समस्या हुने भएकाले खानपानमा उचित ध्यान दिनुपर्छ । रमाइलो वा प्रेमको मुड बनाउन खानाको महत्वपूर्ण भूमिका हुन्छ । प्राचीनकालदेखि नै युवायुवतीले यौन उत्तेजना बढाउने खालका विशेष खानेकुरा खान्थे । बेरी, फिग्स, महले यौन शक्ति बढाउने भन्दै यसको कम उपभोग गरेको बताइन्छ । यौन उत्तेजना गराउने दशओटा उत्तेजक खानेकुरा ः
लसुन
अरुसँग बोल्दा दुर्गन्ध आउने भन्दै धेरै लसुन खान डरााउँछन् । तर यो खाना प्राचीन कालदेखि नै यौन उत्तेजकको रुपमा लिइन्छ । लसुनमा एलिसिन नाम गरेको तत्व हुन्छ यसले रक्त प्रबाहलाई सुर्धाछ, अत्यधिक सचेत बनाउँछ । स्टेमिना बढाउँछ र एक प्रकारको ऊर्जा प्रदानगर्छ । कालो लुसनमा यो गुण अझै बढी हुन्छ ।
मह
आफ्नो यौन क्षमता बढाउन मध्यकालमा मानिसहरुले मह पिउने गर्थे । प्राचीन समयमा कुनै पनि बिबाहित जोडीलाई विवाह गरेको एकवर्षसम्म महबाट बनेको पेय पदार्थ नियमित रुपमा खुवाइन्थ्यो, ताकी उनीहरुको हनिमुन रमाइलो होस् र बिबाह सफल होस् । महमा भिटामिन बी पाइन्छ । पुरुषमा टेस्टोरोन (सेक्स हर्मन) उत्पादन गर्न भिटामिन बीको आवश्यकता पर्छ । महले रगतको तहलाई पनिसशक्त बनाउँछ ।
अदुवा
यौन उत्तेजना ल्याउन अदुवा पनि उत्तिकै प्रभावककारी खानेकुरा हो । यसको गन्धले सर्कुलेटरी प्रणालीलाई उत्तेजित बनाई शरिरको हरेककुनामा रक्त प्रबाह बढाइदिन्छ । भर्खरै बिरामी भएर निको भएका व्यक्तिको तग्रिन पनि यसले सहयोग प्रदान गर्छ । अदुवालाई तातो पानीमा उमाल्नुहोस, केही कागती रमह मिसाएर बनाएर खानुहोस् । यसले तपाईलाई सदा स्फूर्ती प्रदान गर्छ ।
ट्रफल
दक्षिण पश्चिम युरोपमा पाइने ट्रफल (एक प्रकारको फन्जी) यौन उत्तेजनाको दृष्टिले महत्वपूर्ण खानेकुरा मानिन्छ । प्राचीन ग्रीस ररोममा यसको अत्यधिक प्रयोग हुन्थ्यो । यसलाई आफ्नो पार्टनरसँग रमाइलो साँझ जस्ता विशेष अवसरमा आफ्ना पार्टनरसँग बसेरखान सकिन्छ । ट्रफलले बासना पुरुषको पसिना जस्तो हुने र महिलाहरुलाई पनि आर्कषित गर्ने बताइन्छ । ऐतिहासिक पुरुष नेपोलियन बोनापार्टलेट्रफल खाँदा यौन शक्ति बढ्ने विश्वास गर्थे ।
चोरिजो, स्पेनिश पोर्क
तेलीय रातो मासुमा प्रोटिन र जिंकको मात्रा उच्च हुने र यसले टेस्टोटेरोनको उत्पादनमा सहयोग पुयाउने गर्छ । यो भिटामिन बी वानकोपनि स्रोत हो जसले शरिरलाई एमिनो एसिड सोसी खानालाई उर्जामा बदल्न सहयोग पुयाउछ ।
अन्जिर
अन्जिर वा फिग्सलाई यौन र अपराधसँग सम्बन्धित एउटा कुख्यात खाना हो । एडम र इभको बाइबल कथामा उनीहरुको नांगो शरीर ढाक्न अन्जिरको पातहरुलाई प्रयोग गरी अन्जिरलाई सेक्ससँग पर्याबाची गराइएको छ । गार्डेन अफ इभमा भगवानले प्रतिबन्ध लगाइएको खानेकुरा अन्जिर थिए जसको भाव प्रलोभन र अपराध हुन्छ । अन्जिरको आकार मानिसहरुका लागि उत्तेजक अर्थ राख्छ र यसको बिउ पुरुष उर्वरताको रुपमा लिइन्छ । सेक्सपियरकी पात्र तथा सुन्दरताकी प्रतिमूर्ती क्लियोपेट्राको मन पर्ने फल पनि अन्जिर थियो । प्राचीन ग्रीसमा अन्जिरलाई प्रेमको प्रतिक मानिन्छ । फिगभित्रको चिजलाई महिलाको यौन अंग जस्तै भएको विश्वास गरिन्छ । पिगमा एन्टिअक्सिडियन्ट, फ्लाभोनोइड्स, फाइबर, पोटासियम र आइरन पाइन्छ । यसले मुटु र रक्त कोषिकाको कामलाई पनि सहयोग गर्छ ।
मेडजोल डेट्स
मेडजोल डेट्स उत्तेजक र पवित्र दुबै मानिन्छ । डेट्स महिलाहरुका लागि निकै उत्तेजक मानिन्छ । यसले कुनै पनि व्यक्तिको यौनजीवनमा सुधार ल्याउने इरान र नाइजेरियाको विश्वास छ । पोषण, भिटामिन, खनिजयुक्त डेट्सले शरीरलाई उर्जा प्रदान गर्छ । एमिनोएसिडयुक्त यसले सेक्सुअल स्टेमिनालाई सशक्त बनाउछ । तसर्थ आफ्नो पार्टनरसँग रमाइलो साँझ बिताउन यो खाना उपयोगी मानिन्छ ।
लिक्वोराइस
प्राचीन चीन र इजिप्टमा यौन उत्तेजना बढाउन लिक्विओराइसको प्रयोग हुन्थ्यो । यसको उपभोगले लिंगमा रगतको मात्रा १३ प्रतिशतले बढाइदिने बताइन्छ ।
साल्मोन
समुद्रिक माछा साल्मोनले पनि यौन उत्तेजना बढाउँछ । ओगमा ३ युक्त साल्मोनको परिकारले दिमागमा हामीलाई खुसी पार्ने हर्मोनसेरोटोनिनको मात्रामा बृद्धि गरी तपाईको मुड रमाइलो बनाउँछ । जिंकले मानिसमा बीर्य उत्पादन गर्न महत्वपूर्ण मानिने टेस्टोटेरोनलाई नियन्त्रण गर्छ र यौन गतिलाई बढाउँछ ।
हरेक दिन बिहान योगा अथवा फिजिकल एक्सरसाइज गरेमा यौन क्षमता बढ्छ ।
– हरेक दिन किसमिस र ओखर सेवन गरेमा सेक्स पावर बढ्छ ।
– गाँजरमा भिटामिन ‘ए’को मात्रा अत्याधिक हुने भएकाले यसको सेवनले पनि सेक्स पावरलाई वृद्धि गराउँछ । भिटामिनले पुरुषमा यौनशक्ति बढाउन भूमिका खेल्छ ।
– भिँडीमा भिटामिन ‘सी’को मात्रा बढी हुन्छ । जसले सेक्स पावर वृद्धि गर्न सहयोग गर्छ ।
– सेक्स गर्नुअघि पार्टनरसँग केही समय गफ गर्नुस् । जसल वातावरणलाई केही सहज बनाउँछ । यौन सम्पर्क राख्नका लागि कुनैपनि हतार नगर्नुस् ।
– सेक्सका लागि तपाई खुल्नुपर्छ । हिच्किचाहट हुनुहुन्न । जसले सेक्स पावर बढाउन मदत गर्छ ।




