बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

महिला संघको संगठन विस्तार अभियान

महिला संघको संगठन विस्तार अभियान


  • Dhorpatan News
  • बैशाख ६ २०७८, सोमबार

बागलुङ, ६ वैशाख– संक्रमणको फाइदा उठाउँदै कांग्रेसको भातृ संगठन नेपाल महिला संघले संगठन विस्तार अभियान चलाएको छ । १० वटै पालिकामा संगठन विस्तार, भेला र प्रशिक्षण मार्फत अभिायनलाई तीव्रता दिएको हो । अभियानलाई महिला अधिकार, हिंसाविरुद्धको संघर्ष र पीडितलाई न्याय, पीडकलाई कानुनी कारवाहीको मागसहित अभियानलाई तीब्रता दिएको महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले बताइन् ।
अभियान स्वरुप पालिका तहबाट वडा तहसम्म लगिने शर्माको भनाइ छ । शनिबार संघले बरेङ गाउँपालिकामा गरेको भेलामा पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले महिलाको नेतृत्व विकास गर्न र राज्यको अर्कमण्यताविरुद्ध लड्न महिला एकजुट बन्नुपर्ने बताइन् ।
भेलाले राधिका पौडेलको अध्यक्षतामा २१ सदस्य महिला संघको गाउँपालिका समिति गठन भएको छ । समितिको उपाध्यक्षमा तिर्सना थापा, हिरा थापा र सचिवमा थममाया थापा, पार्वती न्यौपाने, सहसचिवमा चन्द्रकला शर्मा र कोषाध्यक्षमा संगीता थापा चयन भएका छन् ।
कांग्रेसकै भातृ संगठन नेपाल भूपू सैनिक संघ बागलुङले जैमिनी नगरपालिका स्तरीय समिति गठन गरेको छ । शनिवार आयोजित भेलाले कृष्णबहादुर क्षेत्रीको अध्यक्षतामा १५ सदस्य रहेको समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा तिलबहादुर छन्त्याल, सचिवमा शंकर सापकोटा, सहसचिवमा बिषन बहादुर थापा र कोषाध्यक्षमा मानबहादुर थापा क्षेत्री चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->