बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शिल्पाको गीतमा टिकटक बनाउनेलाई मोडल हुने मौका !

शिल्पाको गीतमा टिकटक बनाउनेलाई मोडल हुने मौका !


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७८, शुक्रबार

काठमाडौं, १० बैशाख –  शिल्पा पोखरेल अभिनीत गीत ‘ज्यान भो खतरा’ बोलको गीतमा टिकटक बनाउनेले मोडलिङको अवसर पाउने भएका छन् । गायक बिक्रम जंग शाहका अनुसार यो गीतमा उत्कृष्ट टिकटक बनाउनेहरू मध्येबाट एक जनालाई गीतको दोस्रो भागमा मोडलिङको अवसर दिइनेछ । शुक्रबार गीत सार्वजनिक गरेसँगै टिकटकको प्रतियोगिताको पनि घोषणा गरिएको हो ।  रोमान्टिक शैलीको गीतमा गायक शाहले  अन्जु पन्तसँग युगल गायन गरेकी छिन् । लेखु सहयात्रीको शब्द सिर्जना रहेको गीतमा सुवाष भुषालको संगीत छ भने पुरुषोत्तम सुवेदीको एरेञ्ज रहेको छ ।

मुस्ताङको रमणीय स्थान मार्फा गाउँ र धुम्बा ताल परिसरमा खिचिएको म्युजिक भिडियोमा मनोज केसीको कन्सेप्ट र सम्झना उप्रेती रौनियारको निर्देशन छ भने, गोबिन्द राईले कोरियोग्राफीको काम सम्हालेका छन् । गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र डेब्यु मोडल रविन्द्र रिमाल फिचर्ड छन् । सार्वजनिक गीतलाई लिएर उत्साहित गायक शाहले भने ‘मिहेनत गरेर दर्शकको लागि एउटा राम्रो कोसेली पस्किने कोशिस गरेका छौँ । दर्शकले मन पराउने आशा छ ।’ रामेश्वर हुमागाईंको छायांकन रहेको म्युजिक भिडियोमा भरत रेग्मीको सम्पादन तथा रंग संयोजन छ । छायांकार हुमागाईंले मुस्ताङ आसपासको दृश्यलाई सुन्दर रुपमा कैद गरेका गरेका छन् ।

गीतमा सीता तामाङ केसीले मेकअप, राजेन्द्र कमल राईले ड्रेस डिजाइन र सुन्दर श्रेष्ठ (आइडियल)ले पोस्टर डिजाइनको काम गरेका छन् ।  गीतको भिडियोलाई सबस्त इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->