बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अनुगमनमा कास्की प्रशासन

अनुगमनमा कास्की प्रशासन


  • ढोरपाटन सम्वाददाता
  • बैशाख १३ २०७८, सोमबार

पोखरा, १३ वैशाख– कास्की प्रशासनले कोभिड–१९ को रोगथाम र नियन्त्रणको लागि सचेतना एवम् अनुगमन थालेको छ ।
संङ्क्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सार्वजनिक स्थान तथा बिभिन्न समारोह हुने पार्टी प्यालेसहरुमा अनुगमन बढाएको हो ।प्रशासनले आइतबार कास्की पोखराका अधिकतम भीडभाड हुने ठाउँहरु चिप्लेढुङगा, अमरसिंहचोक र पृथ्वीचोकमा माक्स नलगाउने व्यक्तिलाई एक घण्टा नियन्त्रणमा लिँदै स्वास्थ्य मापदण्डलगायतमा जानकारी दिइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी बताए । उनका अनुसार आइतबार माक्स नलगाउने १ हजार ७८ जनालाई नियन्त्रणमा लिइ कोरोना सचेतनाबारे प्रशिक्षण दिइएको छ । प्रशासनले पोखराका बिभिन्न पाँचवटा पार्टी प्यालेसमा पनि अनुगमन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->