शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाडमा अक्सिजनसहित दश शैयाको कोभिड अस्पताल

बडिगाडमा अक्सिजनसहित दश शैयाको कोभिड अस्पताल


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २५ २०७८, शनिबार

बागलुङ, २५ वैशाख– बागलुङको बडिगाड गाउँपालिकाले बडिगाड डोजोको कभर्डहलमा दश शैयाको अस्थाई कोभिड अस्पताल (आईसोलेसन कक्ष) निर्माण गरेको छ । फराकिलो कभर्वहलको प्रयोग गरेर अक्सिजन सहितको आइशोलेसन कक्ष बनाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडामणि कँडेलले बताए ।
गाउँपालिकामा संक्रमितको दर बढ्दै गएपछि शद शैयाको आइशोलेसन कक्ष निर्माण गरिएको हो । अहिले बडिगाडमा ४६ जना कोरोनाका सक्रिय संक्रमित छन् । संक्रमित मध्ये ३ जनाको धौलागिरी अस्पतालमा उपचार भैरहेको छभने अन्य होम आइशोलेसनमा रहेको कँडेलले जानकारी दिए ।
बडिगाड डोजोको कबर्डहलमा आईसोलिसन बनाईएको हुनाले अर्को सुचना नभए सम्म खेल सञ्चालन नहुने प्रमुख प्रशिक्षक राजन कुमार पाईजाले बताए । नेपाल सितोरियो कराते सघं, शाखा बडीगाड कराते डोजो बागलुङले कोरोना महामारी नियन्त्रणमा आँफुहरुको पनि भूमिका रहनुपर्ने भन्दै केही समयका लागि खेल स्थगित गरेर हल उपलव्ध गराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->