बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

संक्रमितको थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा

संक्रमितको थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७८, शनिबार
फाईल तस्विर

बागलुङ, २५ वैशाख– बागलुङका एक संक्रमितलाई थप उपचारका लागि पोखरा पु¥याईएको छ । बागलुङ नगरपालिका वडा नं. ४ का ४१ वर्षिय पुरुषलाई परिवारको पहलमा हेलिकप्टरमार्फत पोखरा लगिएको हो ।
स्वासप्रस्वासमा समस्या भई धौलागिरी अस्पतालको आइसोलेसनमा शुक्रबार भर्ना भएका उनलाई शनिबार थप समस्या भएपछि प्रभु एयरको हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको परिवारले जनाएको छ ।
‘हामीले भर्ना गरेर उपचार गरिरहेकै थियौं, परिवारले पोखरा लैजाने तयारी गरिसक्नुभएको रहेछ’ अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले भने ‘उहाँको स्वासप्रस्वासमा समस्या थियो, त्यति जटिल नहुन पनि सक्थ्यो ।’ अक्सिजन पाउन कठिन हुने अवस्थाको आँकलन गरेर परिवारले पोखरा लगेको भएपनि ती बिरामीको लागि अक्सिजनको प्रबन्ध भएको बिकले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->