शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा एकैदिन १ सय ६ जनामा कोरोना पुष्टी

बागलुङमा एकैदिन १ सय ६ जनामा कोरोना पुष्टी


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७८, मंगलबार

बागलुङ, २८ वैशाख– बागलुङमा एकैदिन १ सय ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये बागलुङको पैयुपाटाका मात्रै ४४ जना छन् ।
मंगलवार गरिएको पीसीआर परीक्षणबाट बानपा १३ पैयुपाटाका ४४ जना, सहित १ सय ६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । विभिन्न स्थानमा स्वाब संकलन गरेर धौलागिरि अस्पतालमा गरिएको १ सय ७५ जनाको पीसीआर परिक्षणमा उनीहरुको संक्रमण पुष्टी भएको हो । पैयुँपाटाका ८२ जनाको स्वाब परीक्षण गरिएकोमा ३८ जनाको मात्रै नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
बागलुङ नगरपालिकाले संकलन गरेको थप २१ जना मध्ये ८ जनामा पनि संक्रमण पुष्टी भएको छ । धौलागिरि अस्पतालले संकलन गरेको ४३ जना मध्ये ३५ जनामा पनि कोरोना पोजेटिभ देखिएको हो । तमानखोला गाउँपालिकाको विभिन्न स्थानमा गरी २९ जनाको स्वाब संकलन गरिएकोमा १९ जनाको पुष्टी भएको हो । अहिले सम्म बागलुङमा ४ सयबढी सक्रिय संक्रमित पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->