
बागलुङ, २८ वैशाख– बागलुङमा मंगलबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–४ की ६६ बर्षिया महिलाको धौलागिरी अस्पतालमा मृत्यु भएको हो । मंगलबार बिहान साडे दशबजे मृत्यु भएपनि उनको पिसिआर रिपोर्ट साँझ मात्रै आएको हो । कोरोना सँग मिल्दाजुल्दा लक्षण र स्वास प्रस्वासमा समस्या आएपछि बुर्तिबाङबाट धौलागिरी अस्पतालमा आएकी उनलाई अस्पतालले भर्ना गर्दागर्दै मृत्यु भएको थियो । मृत्यु हुनुपूर्व कोरोना परीक्षणका लागि स्वाव संकलन भैसकेकाले उनको दाहसंस्कार हुन सकेको थिएन् । साँझ कोरोना पोजेटिभ भएको रिपोर्ट आएकाले प्रोटोकल अनुसार दाहसंकार गरिने स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताए । बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।





