शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका ७७ बर्षिया पुरुषको होम आईसोलेसनमा मृत्यु

बागलुङका ७७ बर्षिया पुरुषको होम आईसोलेसनमा मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७८, मंगलबार

बागलुङ, २८ वैशाख– बागलुङमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बागलुङ नगरपालिकाका ७७ बर्षिया पुरुषको मंगलबार साँझ होम आईसोलेसनमा मृत्यु भएको हो । वैशाख २२ गते हर्नेआको अप्रेसनका लागि गण्डकी मेडिकल कलेज पोखरा पुगेका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । अप्रेसन सकेर घर फर्किएका उनी होम आईसोलेसनमानै थिए । उनको होम आईसोलेसनमानै मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पुष्टि गरे । उनको शव परिवारलेनै व्यवस्थापन गर्ने छ । बागलुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->