बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ढोरपाटनमा ट्याक्सी दुर्घटना अपडेट : चालकसहित २ को मृत्यु

ढोरपाटनमा ट्याक्सी दुर्घटना अपडेट : चालकसहित २ को मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७८, मंगलबार

बागलुङ, २८ वैशाख – पोखराबाट ढोरपाटन जाँदै गरेको ट्याक्सी जिल्लाको ढोरपाटन नगरपालिका-५ प्याङखोलामा दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

ध१ज ५२८ नम्बरको ट्याक्सी मंगलबार साँझ प्याङ्खोला घुम्तीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए । उनका अनुसार प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र चालक बडिगाड- १ ग्वालीचौरका ३५ बर्षिय ढाल वहादुर थापाको मृत्यु भएको हो ।

गम्भीर घाइते चालक थापालाई पाल्पा रेफर गरिएको र लैजाँदै गर्दा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा मृतक विकको श्रीमती ३८ वर्षीय रतिकला विक घाइते भएका छन् । घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
ट्याक्सी सडकदेखि एक सय मिटर तल भूजीखोलामा खसेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->