बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गलकोटमा अक्सिजनसहित ११ शैयाको कोभिड अस्पताल

गलकोटमा अक्सिजनसहित ११ शैयाको कोभिड अस्पताल


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ३० २०७८, बिहिबार

बागलुङ, ३० वैशाख– गलकोट नगरपालिकाले अक्सिजनसहितका ११ शैयाको अस्थायी कोभिड अस्पताल तयार गरेको छ । पहिलो चरणको कोरोना महामारीमा स्थापना भएको अस्थायी कोभिड अस्पताललाई स्तरोन्नती गरेर अक्सिजनसहितका शैया तयार गरिएको हो ।
पहिलो चरणमा पाँच शैयाको मात्रै अस्थायी कोभिड अस्पताल बनाईएको थियो । नगर अस्पतालमा ११ शैया छुट्टै निर्माण गरेर अस्थायी कोभिड अस्पताल बनाईएको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । अस्पतालमा २ जना चिकित्सक, १ जना नर्स, १ जना कार्यलय सहयोगी रहेका छन् ।
अस्थायी अस्पतालमा एम्बुलेन्ससहितको सेवाका लागि एम्बुलेन्स चालकको समेत व्यवस्था गरिएको गल्कोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायणध्वज मल्लले जानकारी दिए । सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीति अनुसार गलकोट पनि बनाइएको हो । अस्पतालमा कोरोना संक्रमित बिरामीको अवस्था हेरेर उपचार गरिने र बिरामीको थप उपचारको आवश्यक परेमा अन्तै पठाउने नगर अस्पतालका प्रमुख डा. निक्सन डंगोलले जानकारी दिए ।
अस्पतालमा अहिले सानाठूला गरि १६ वटा अक्सिजन सिलिण्डर रहेका छन् । अस्पतालमा आवश्यक पर्ने सिलिन्डर दाताहरुबाट सहयोग प्राप्त भएकाहुन् । ५ वटा ठुलो सिलिन्डर कांग्रेका नेता मञ्जेश बम मल्लले दिएका हुन् । अन्य ४ वटा वडा नं. २ का वडा अध्यक्ष हिमबहादुर भण्डारी, इलाका प्रहरी कार्यलय, व्यवसायी केयरसिंह खत्री, योगेस भण्डारीको सहयोगमा संकलन गरिएको हो ।
नगरपालिकाले नगर क्षेत्रमा कोरोनको गति तीव्र रुपमा फैलिरहेकोले सम्पुर्ण नगरबासीमा सचेत रहन आग्रहसमेत गरेको छ । नगरपालिकाले स्वास्थ्यमा केही समस्या परेमा डाक्टरलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->