बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरी अस्पताल गोर्खा वेल्फेयर ट्रसको सहयोग

धौलागिरी अस्पताल गोर्खा वेल्फेयर ट्रसको सहयोग


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ३० २०७८, बिहिबार

बागलुङ, ३० वैशाख– गोर्खा वेल्फेयर ट्रस नेपालले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार ट्रसका प्रतिनिधिले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगर र प्रमुख डा. शैलेन्द्र बिक पोखरेललाई सामग्री हस्तान्तरण गरेका हुन् ।
कोरोना महामारीसँग जुध्न अस्पताललाई सरकारले उपलव्ध गराएका स्वास्थ्य सामग्रीले मात्रै अपुग हुने भन्दै ट्रसले पीपीइ, ग्लोव्स, मास्क, स्यानिटाईजर, हात धुने साबुन लगायतका सामग्री सहयोग गरेको हो । ट्रसले ६० थान आईसोलेसनका बिरामीको उपचारमा खटिँदा लगाउन मिल्ने राम्रो गुणस्तर भएको व्यक्तिगत सुरक्षा कवच (पीपीइ) सहयोग गरेको छ ।
त्यस्तै ५ सय थान एन ९५ मास्क, ४ हजार थान सर्जिकल मास्क, १ हजार थान ग्लोव्स, झण्डै ५० लिटर स्यानिटाईजर लगायतका सामग्री हस्तान्तरण गरेको ट्रसका प्रतिनिधि पूर्ण बहादुर थापाले बताए । ‘हामीले यहाँ आवश्यकताको आधारमा सामग्री ल्याएका छौं,’ थापाले भने ‘निरन्तर सहयोग गर्नेछौं ।’
अस्पतालमा अहिले हातमा लगाउँने सर्जिक पञ्जाको अभाव छ । दाताहरुको सहयोगकै आधारमा अस्पतालले काम चलाएको डा. शैलेन्द्र बिक पोखरेल बताए । स्वास्थ्यकर्मी र चिकित्सकको सुरक्षाका लागि सामग्रीहरु उपलव्ध भैरहेको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानाले बिरामीको लागि आवश्यक अक्सिजन लगायतका सामग्रीको पनि सहयोग जुट्न सके उपचार सहज हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->