शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ब्यक्तिगत खर्चमा औषधि लिएर निर्वाचन क्षेत्र पुगे सांसद पौडेल

ब्यक्तिगत खर्चमा औषधि लिएर निर्वाचन क्षेत्र पुगे सांसद पौडेल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७८, बुधबार

बागलुङ, ५ जेठ –  जिल्लाको क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेल ब्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री लिएर आफै निर्वाचन क्षेत्रमा पुगेका छन् । कोभिड-१९ को महामारीका बेला सांसद पौडेल अत्यावश्यक स्वास्थ्य सामग्री लिएर बागलुङको पश्चिम बुर्तिबाङ पुगेका हुन् ।
बुर्तिबाङ पुगेका सांसद पौडेलले जनताको जीवन रक्षाका लागि आफू सधै लागिपरिरहने बताए । उनले आवश्यकता अनुसार स्वास्थ्य सामग्री ल्याएर आएको बताए ।
‘गाडीमा अटाएजति सामान ल्याएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बुझाएका छौं,’ उनले भने, ‘अन्य पालिकासँग छलफल एवम् आइशोलेसन निरीक्षणका काम भइरहेको छ, आवश्यकता अनुसार थप सामग्री फेरि ल्याउँछौं ।’


हिजो सदरमुकाम आईपुगेका सांसद पौडेल आज गलकोट हरिचौर स्वास्थ्य चौकी, निसीखोला गाउँपालिकाको अस्थायी कोभिड अस्पताल, ढोरपाटन नगरपालिकाको आइशोलेसन बेडको अनुगमन एवम् जनप्रतिनिधिसँग छलफल गरेका छन् ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. मिलन मल्लले सांसद पौडेल महामारीमा जनताको घर दैलोमा पुगेर स्वास्थ्य सामग्री ल्याएर आउनु जनताप्रति उत्तरदायि भएको बताए ।
सांसद पौडेलले माक्स, स्यानिटाइजर, थर्मगन, गोलोब्सलगायत अन्य औषधि सहित ३२ प्रकारका सामग्री प्राथमिक स्वास्थ्य केन्द्रमा बुझाएको ढोरपाटन नगरपालिका–१ का वडाध्यक्ष चित्रबहादुर भण्डारीले बताए । ‘माननीयले ज्यूले अत्यावश्यक सामग्री हस्तान्तरण गर्नुभएको छ, आवश्यकता अनुसार थप गर्छु भन्ने बचन दिनुभएको छ । उहाँले व्यक्तिगत दिएको भन्नुभएको छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->