शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवलपुरमा कोरोना तीव्र गतिमा फैँलदो

नवलपुरमा कोरोना तीव्र गतिमा फैँलदो

एक वर्षको तथ्यांक ४३ दिनमै कट्यो


  • खगेन्द्र पराजुली
  • जेष्ठ १४ २०७८, शुक्रबार

नवलपुर, १४ जेठ – नवलपुरमा गत एक वर्षको अनुपातमा ४३ दिनमै कोरोना संक्रमित हुनेको संख्या धेरै भएको छ । स्वास्थ्य कार्यालयको अद्यावधिक विवरणसहितको प्रतिवेदनले संक्रमित हुनेको संख्यासँगै ०७८ बैशाखयता ४३ दिनको अवधिमा मृत्यु हुनेको संख्या पनि गतवर्षभन्दा धेरै रहेको देखाएको छ ।
स्वास्थ्य कार्यालयको जेठ १२ गतेको पछिल्लो विवरणमा कुल संक्रमितको संख्या ५ हजार १ सय १८ अद्यावधिक गरिएको छ भने ६९ जनाले ज्यान गुमाएका छन् । गतवर्ष चैत मसान्तसम्म जिल्लामा २ हजार ५ सय २० जनामा कोरोना संक्रमण देखिएको थियो भने ३२ जनाको मृत्यु भएको हो । नयाँ प्रजातिको दोस्रो भेरियन्ट संक्रमण तीव्र गतिमा फैलिएसँगै बैशाखयता २ हजार ५ सय ९८ जनामा संक्रमण पुष्टि हुँदा ३७ जनाको निधन भएको स्वास्थ्य कार्यालयले जनायो ।
दोस्रो लहरमा १ हजार ४ सय १३ जना पुरुष र १ हजार १ सय ८५ जना महिलामा संक्रमण देखिएको छ । यो निको हुने दर ५५ दशमलव ८५ प्रतिशत रहेको छ भने बैशाखयताको मृत्युदर १ दशमलव ४२ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->