बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँका दुई अबैध मेडिकल शिल

तनहुँका दुई अबैध मेडिकल शिल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७८, बुधबार

तनहुँ, १९ जेठ– शुक्लागण्डकी नगरपालिकाका दुई मेडिकललाई शिल गरिएको छ । तनहुँ प्रशासन र शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार गरेको संयुक्त अनुगमनमा अवैध ठहरिएका दुई मेडिकललाई शिल गरिएको हो ।
दुलेगौँडा बजारमा सञ्चालित धर्मसेवा मेडिकल हल र फेम्लि मेडिकल हललाई शिल गरेको शुक्लागण्डकीका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । आफ्नो क्षेत्राधिकार भन्दा बाहिर अवैध रुपमा बिरामी भर्ना गरी उपचार गराईरहेको अनुगमन टोलीले फेला पारेपछि शिल गरेको उनले जनाए । यी दुई मेडिकलले बिरामी भर्ना लिई उपचार गर्ने अनुमती नभएपनि बिरामी भर्ना लिएर उपचार गर्दै गर्दा अनुगमन टोलीले फेला पारेको थियो । ‘सात दिन भित्रमा स्पष्टीकरण सहित स्वास्थ्य संस्थामा हाजिर हुने भनेका छौँ । सिडियो कार्यालयको पनि त्यही आदेश छ । उहाँहरुले कस्तो स्पष्टीकरण लिएर आउनुहुन्छ । त्यही अनुसार नगरपालिका समक्ष कारबाहीको सिफारिस गर्छौैँ’, उनले भने ।
स्वास्थ्य संस्था स्थानिय तह मातहात आएपछि पटक–पटक अनुगमन हुदै आईरहेको छ । सेवाको वाहनामा जनताको स्वास्थ्य माथी खेलवाड गर्नेलाई कानुनी कारबाही नहुदाँ सञ्चालकहरु सर्धनै चाहादैनन् ।
यहाँको बजार क्षेत्रमा सञ्चालित अस्पताल, पोलिक्लिनिक, मेडिकल, फार्मेसी, आयुवेर्दिक फर्मा, ल्याब लगायतका स्वास्थ्य संस्थाको छड्के अनुगमन गरिएको थियो । अनुगमनको सुराकी पाएका केही मेडिकल र फार्मेसी सञ्चालक बन्द गरेर बसेका थिए । अनुगमनमा अधिकांश स्वास्थ्य संस्थाले बिना इजाजत सञ्चालन गरी सेवा दिईरहेको पाईएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->