विश्वव्यापी रूपमा सेकेन्ड भेरिएन्टको रूपमा पहिलो पटकको महामारीभन्दा यो दोस्रो पटकको महामारी तिब्र र घातक देखिएको छ । विश्वले दोस्रो भेरिएन्टको सामना गरिरहँदा कतै तेस्रो लहर पनि यो भन्दा अझै तिब्र रूप लिएर आउने त होइन ? भन्ने ठुलो आशंका छ । किनकी पहिलो भेरिएन्टको महामारीमा विशेष त वृद्ववद्वद्दाहरूमा बढी प्रभाब पारेको देखिएको थियो । युवायुवती बालबाबालिकामा खासै असर देखेको थिएन । यो दोस्रो भेरिएन्टको संक्रमणले २० वर्षभन्दा माथिकामा पनि प्रबल असर देखाएईहेको छ तर बालबालिकाहरूमा खास प्रभाव पारेको थिएन । अब तेस्रो लहर भारतका केही स्थानबाट बालबालिकाहरूमा पनि एकदमै प्रभाव पारेको तथ्यहरू बाहिर आइरहेको छ । त्यसैले संक्रमणको यो दोस्रो लहरमा बालबालिका र वृद्ववृद्धा तथा युवायुवतीहरू पनि संक्रमित भएको देखिन्छ ।
अहिले देखिएको कोभिडका लक्षण कस्तो छ ?
कोरोना भाइरसका बेला देखिने लक्षण अरू संक्रामक रोग खागसरी फ्लू अथवा रुघाखोकीसँग मिल्दोजुल्दो हुन्छ । त्यसैले सहजै रूपमा कोभिडका लक्षण यिनै हुन् भन्न सकिने अवस्था छैन । खोकी लाग्ने, जीउ दुख्ने, सास फेर्न अप्ठेरो हुने जस्ता कोभिड–१९ का मुख्य लक्षण हुन् । तर यी लक्षणहरू अरू रुघाखोकी जस्तो संक्रामक रोगसँग मिल्ने हुँदा यसलाई (कोभिडमा) छुट्टाउन सकिने भनेको स्वाद र गन्ध थाहा नपाउने हो । त्यो विशेषता नै हो । अरूमा चाहिँ कमै हुन्छ ।
हाल विभिन्न देशमा गन्धको परीक्षण गर्ने विधि ल्याउन लागिएका छन् । लक्षणकै आधारमा कहिलेकाहीँ कोभिड भए नभएको छुट्ट्याउन गाह्रो हुने हुँदा बिरामी परेका व्यक्तिको यात्राको इतिहास पनि जान्न जरुरी हुन्छ । कोरोना भाइरस संक्रमण व्याप्त रहेका ठाउँहरूमा पुगेका वा आफूसँग सम्पर्कमा रहेका व्यक्ति कसैमा कोरोना भाइरस पुष्टि भए नभएको विषयमा जानकारी राख्नुपर्छ । तर हाल संक्रमण व्याप्त रहेको स्थानमा आफूलाई थाहा नभईकनै वा आफू कोरोना भाइरस फैलिएको ठाउँबाट आएको पनि होइन भने त्यो अवस्थामा पुष्टि गर्नका लागि परीक्षण नै गर्नुपर्ने हुन्छ ।
नेपालमा देखिएका नयाँ भेरिअन्टले कोभिडको लक्षणमा फरक
नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलनुमा यूके भेरिअन्ट मुख्य जिम्मेवार भएको अधिकारीहरूको ठम्म्याई छ । संसारमा फैलिरहेको यूके भेरिअन्टसहित भारतमा देखापरेको डबल म्यूटन्ट भेरिअन्ट पनि यहाँ भेटिएको उनीहरूले बताएका छन् ।
कोभिडबाट बिरामी भएका कतिपयले शरीर रातो हुने, छाला चिलाउने वा पखाला लाग्ने भन्ने कुराहरू गरिरहेको सुनिए पनि यी कोभिडको विशिष्ट किसिमका लक्षण भने होइनन् । अहिले पनि अस्पताल भर्ना हुन गएका बिरामीहरूमा सास फेर्न गाह्रो हुने, ज्वरो र खोकीजस्ता लक्षण नै देखिने गरेको पाइन्छ । भाइरल संक्रमण र स्वाइन फ्लूका बेला समेत सामान्यतया जीउ चिलाउने, आँखा रातो हुने र पखाला लाग्ने हुने ठम्याइएको भएकोले पनि यी लक्षणले नै कोरोना भए नभएको स्पष्ट भने हुँदैन ।
कस्तो अवस्था आए अस्पताल जाने त ?
कोरोना भाइरस संक्रमणका कारण संघीय राजधानी काठमाण्डौसहित मुलुकका विभिन्न स्थानमा अस्पतालहरू भरिएको र बिरामीले शैया पाउन गाह्रो भएको गुनासाहरू आइरहेका छन् । कतिपय कोभिडका बिरामीहरू घरमै बसिरहेका छन् । उसोभए कस्तो अवस्था आए अस्पताल जाने त भन्ने बिषयमा संक्रमित वा बिरमीहरू दोधारमा हुनसक्छ ।
पल्स अक्सिमिटर उपकरणको सहयोगमा घरमै शरीरमा अक्सिजनको तह कति छ भन्ने कुरा बिरामीहरूले गर्नुपर्ने हुन्छ । अस्पताल जानुपर्ने नजानुपर्ने एउटा एकदम ‘क्रिटिकल डिसिजन’ (संवेदनशील निर्णय) भनिन्छ, त्यो त्यसले (अक्सिमिटर) देखाउँछ । अर्कोकुरा त्यो (अक्सिमिटर) कसैसँग भएन भने श्वासप्रश्वासमा समस्या हुने, अत्यधिक खोकी लागेको लाग्यै गर्ने, बान्ता आउन थाल्यो, ज्वरो निरन्तर बढिरह्यो भने र पखाला लागेको लाग्यै ग¥यो भने उहाँहरू अस्पताल पुग्नुपर्छ वा कम्तीमा पनि चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।
कोरोना भाइरसको संक्रमण जटिल चरणमा जाँदा अक्सिजन कम हुन्छ । अक्सिजन कम हुँदा निश्चित उपचार सुरु गर्नुपर्ने हुन्छ । त्यसैकारण कोरोना भाइरस पोजिटिभ हुनेबित्तिकै हामी बिरामीलाई शरीरमा अक्सिजनको तह नाप्न सिक्नुपर्छ । सामान्यतया पल्सअक्सिमिटरले अक्सिजन नाप्दा तह ९५ देखि ९६ हुन्छ ।
अझै समुद्री सतहबाट उचाइ बढी भएको स्थानमा अक्सिजनको तह ९६÷९७ भन्दा प्रायः बढी हुंदैन । धेरै मोटा मान्छेहरू अथवा फोक्सोको, दमको रोग भएका मान्छेमा पहिले नै अक्सिजनको मात्रा पल्स अक्सिमिटरले कम देखाउन सक्छ । उहाँहरूका लागि सामान्य अंक नै ९२–९३ हुन सक्छ । कसैको ९० मात्र पनि हुन सक्छ । कोरोना भाइरस लागेका कतिपयमा भाइरल निमोनिया पनि देखिने गरेको पाइएको भएपनि त्यसलाई कुनै एन्टिबायोटिक वा अन्य उपचारबाट निको पार्न नसकिने अवस्था आउन सक्छ । भाइरल निमोनिया भएका अधिकांश मानिसहरूको शरीर आफैँले प्रतिरोध गर्नेगर्छ ।
औषधि सेवन कसरी गर्ने ?
कोभिडबाट बिरामी भएकाहरूले घरमै बस्दा सिटामोलसहित छातीमा संक्रमण नहोस् भनेर विभिन्न औषधि सेवन गरिरहेको विवरणहरू आइरहेका छन् । खासगरी सामाजिक सञ्जालमार्फत् कोभिडका बेला निश्चित किसिमका समस्या हुँदा सेवन गर्न सकिने औषधि भनेर सूची नै सार्वजनिक भइरहेको पाइन्छ । तर चिकित्सकहरूको सुझावबिना कुनै पनि औषधि प्रयोग गर्न हुँदैन ।
भाइरल संक्रमणका क्रममा केही दिनसम्म समस्या आउन सक्ने सम्भावना रहने हुँदा कुनै पनि औषधि आवश्यक भएको वा आफ्नो स्थिति जटिल भएजस्तो लागेको खण्डमा चिकित्सकको सल्लाह लिनुपर्छ । कसैले भनेकै आधारमा औषधी नखानुहोस् । एउटा फर्म्याट जस्तो सामाजिक सञ्जालमा घुमिरहेको छ । यो कतिपयले खाँदा फाइदाभन्दा पनि बढी मात्रामा बेफाइदा हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्था नआओस् जसले गर्दा कोरोना भाइरसले होइन कि स्वयं त्यो औषधिखाँदा नकारात्मक परेर बिरामी हुनु नपरोस् ।
कोभिडका स्पष्ट लक्षण हुँदा परीक्षण गर्न जरुरी छ कि छैन ?
कोरोना भाइरसका बिरामीहरू तीव्र गतिमा बढिरहेका स्थानहरूमा कोभिडका लक्षण भएका कतिपय सर्वसाधारणहरूले परीक्षण नगरी घरमै आवश्यक मापदण्ड पु¥याएर बसिरहेको विवरणहरू सार्वजनिक भएका छन् । एउटै परिवारमा धेरै जनामा समान लक्षण देखिँदा एक जना वा दुई जनाले परीक्षण गर्ने कतिपयले गरेको र कतिपयलाई पटक पटक परीक्षण गर्न आर्थिक रूपमा अप्ठेरो हुने हुँदा उनीहरूले आफ्नै निवासमा सावधानी अपनाएर बसिरहेको बताइन्छ । अत्यधिक मात्रामा कोरोना भाइरस फैलिएको स्थानमा आफू पनि संक्रमित भएजस्तो महसुस भए १४ दिन एकान्तवास अर्थात् आइसोलेशनमा बस्न उचित हुन्छ ।
भारतपछि नेपालमा जुन हिसाबले कोरोना भाइरस फैलिएको छ कसैलाई रुघाखोकीको जस्तो लक्षण, स्वाद अनि गन्धमा समस्या आइसकेको अवस्था भए र परीक्षण गर्ने अवस्था नरहे वा नचाहे स्वयम् एकान्तवासमा बस्नुपर्छ । स्वास्थ्य मन्त्रालयले पनि आफूमा कोरोना भाइरस संक्रमणको लक्षण भएजस्तो शंका हुनासाथ क्वारेन्टिनमा बस्नुपर्ने निर्देशन गर्दै आएको छ । कोरोना भाइरसको लक्षण भए पनि नतिजा नेगटिभ भने आउन सक्ने सम्भावना रहन्छ ।
नेपालमा अहिले पनि १०० मा १०० नै संक्रमण पुष्टि गर्न सक्ने प्रविधि छैन । अहिले भएकामध्ये सबैभन्दा विश्वसनीय भनेर आरटी–पीसीआरलाई लिईन्छ । यसले पनि १०० मा १०० नतिजा दिने होइन । यसमा संक्रमण भएका व्यक्तिमा पनि पुष्टि गर्न नसक्ने खालको केही संख्या हुन सक्छ । त्यस्तोमा अवस्थामा हामीमा लक्षण विकास हुन सक्ने र हामीले अरूलाई संक्रमण सार्न सक्ने सम्भावना प्रबल रहन्छ । कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएमा भरसक छिटो आरडिटी–पिसिआर जाँच गराऔँ । पिसिआर नतिजा नेगेटिभ आएपनि सकेसम्म १४ दिन आईसोलेसनमा बसौँ । कुनै अवस्थामा तपाईँलाई कोरोना नेगेटिभ भएपनि पोजेटिभ हुन सक्छ । कुनैपनि परिक्षण विधी १००% त छैन । यदी तपाई होम आइसोलेसनमा बस्नुभयो भने तपाईबाट अरुमा फैलिन त पाउदैन नी । सबैको शरीरको रोगप्रतिरोधक क्षमता तपाईकै जस्तो नहुन सक्छ । त्यसैले स्पस्ट कोभिडको लक्षण भने जाँच नगरे पनि होम आइसोलासनमा बस्नु पर्छ ।
पुर्वतयारी
नेपालमा कोरोना संक्रमणले यत्रो असर पार्नुमा सबैभन्दा पहिलो गल्ती भनेको पुर्ब तयारी नहुनु हो भन्ने मेरो ठम्म्याई छ । पहिलो महामारीबाट केही पाठ सिकेर निकट भबिष्यमा आउन सक्ने महामारीको लागि पुर्वतयारी हुन्थ्यो भने नेपालमा कोरोना संक्रमणभन्दा निकै कम अनुपातमा हुन्थ्यो । यति धेरै को मृत्यु पनि हुने थिएन । अन्य देशमा कोरोना संक्रमणको चरम दुर्दशा चलिरहँदा नेपाल भने कुर्सीको खेलमा तानातान गर्दै रमिता हेरिरहे । त्यसैको परिनाम हो अहिलेको यो आपतको अवस्था । त्यसैले सम्भावित समस्यालाई आँकलन गरेर पुर्वतयारी नहुनु वर्तमान परिस्थितीको लागि जिम्मेवार छ ।
अन्तमाः कोरोना भाइरस सम्पुर्ण मानव जगतको लागि उत्तरबिनाको प्रस्न जस्तै भइरहेको छ । कोरोनाको एक मात्र अचुक उपचार भनेकै सामाजिक दुरी कायम गरी बाहिरी बस्तु वा संक्रमित वस्तु÷ब्यक्तिको सम्पर्कबाट टाढा रहनु हो । त्यसैले लकडाउन सरकारको लागि होईन तपाईको लागी हो जस्लाई उल्लंघन होइन समर्थन गरौ, धरभित्रै बसौं, आफु पनि बचौं र अरूलाई पनि बचाऔं ।





