बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बैकर्सले दिए अस्पतालालाई सात सिलिण्डर

बैकर्सले दिए अस्पतालालाई सात सिलिण्डर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७८, शनिबार

बागलुङ, २९ जेठ– बैकर्स एसोसिएसन बागलुङमा आबद्ध भएका शाखा प्रबन्धक तथा कर्मचारीले चन्दा उठाएर अस्पताललाई सहयोग गरेका छन् । उनीहरुले व्यक्तिगत रुपमा संकलन गरेको १ लाख ४६ हजार ५ सय रुपैयाँबाट ७ वटा अक्सिजन सिलिण्डर खरिद गरेर सहयोग गरेको बताए ।
शनिबार एक कार्यक्रमका बीच बैंकर्सका पदाधिकारीले ती सामग्री धौलागिरि अस्पतालका अध्यक्ष केवी रानामगर र मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेललाई हस्तान्तरण गरेका छन् । उनीहरुले अस्पतालको मागको आधारमा अक्सिजन सिलिण्डर खरिद गरेको बताए ।
‘अस्पतालमा धेरै समसय छ भन्ने थाहा थियो, सानो सहयोग गर्दा के उपयोगी होला भनेर खोजी भयो’ बैंकर्स बागलुङका अध्यक्ष दिपक शर्माले भने, ‘सिलिण्डरबाटै उपस्थिति र सहयोग मिल्ने भएपछि यता लगानी गरियो ।’ उनीहरुले १ लाख ४० हजारमा ७ वटा सिलिण्डर खरिद गरेको बताए । बाँकी ६ हजार ५ सय रुपैयाँ पनि सार्वजनिक हितका लागि खर्चने योजना उनीहरुले सुनाए ।
हस्तान्तरण कार्यक्रममा अध्यक्ष राना मगरले हरेक क्षेत्रको सहयोगबाटै अस्पताल व्यवस्थित बन्दै गएको भन्दै अझै जटिल समस्याको उपचारको केन्द्र बनाउने योजना पुरा भैनसकेको बताए । उनले यस्ता सहयोगलाई सदुपयोग गर्दै अस्पताललाई सुदृढ बनाउने बताएका छन् ।
बैकर्सका अध्यक्ष दिपक शर्माको अध्यक्षता, सुदिप राजभण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा मेडिल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले पनि अस्पतालको प्राविधिक काम र आएको सहयोगबाट काम गर्न उत्साह थप भएको बिषयमा बोलेका थिए । बागलुङमा २७ वटा बैंक क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->