बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वास्थ्य स्वयंसेविकाका हातमा अक्सिमिटर पुराउने अभियान

स्वास्थ्य स्वयंसेविकाका हातमा अक्सिमिटर पुराउने अभियान


  • ढोरपाटन संवाददाता
  • असार १ २०७८, मंगलबार

बागलुङ, १ असार– अमलाचौर स्वास्थ्यचौकीमा केही दिनअघि पहिलोपटक अक्सिमिटर पुग्यो । गाउँभरी संक्रमित हुँदा समेत यहाँ शंकास्पद बिरामीको अक्सिजनको मात्रा नाप्ने यन्त्र थिएन् । जिल्लाभर निशेधाज्ञा हुनुपूर्व निशेधाज्ञा भएका बलेवा क्षेत्रका तीन वडाले कोरोना भाईरससँग जुध्न स्रोत साधनको अभाव लामो समय व्यहोरे ।
यो समस्या जिल्लाका अधिकांश स्वास्थ्य संस्थाले व्होरेको समस्या हो । अहिले स्वास्थ्य संस्थाहरुमा दाता पुग्न थालेका छन् । महामारीको समयमा सरकारको स्रोत साधन मात्रै पर्याप्त हुने कुरै भएन । अहिले स्वास्थ्यचौकीमा अक्सिजनको मात्रा नाप्ने यन्त्र, मास्क, सेनिटाईजर र अक्सिजन कन्सन्टेटर समेत पुगेका छन् ।
बलेवाका तीनै वडाका स्वास्थ्यचौकीमा अक्सिजन कन्सन्टेटर सहितका सामग्री पुगेका हुन् । नेपाल चिकित्सक संघको सहयोगमा खरिद भएका स्वास्थ्य सामग्री लिएर बागलुङका युवा नेताहरु स्वास्थ्य संस्थाहरुमा पुग्ने अभियानमा छन् । तत्कालका लागि ४६ वटा स्वास्थ्य संस्थामा अक्सिमिटर सहितका सामग्री पुराउने अभियानको नेतृत्व तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’,  नेपाली कांग्रेस महासमिति सदस्य डिल्लीराम सुवेदी र पूर्व स्वास्थ्यमन्त्री गगन थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले गरेका छन् ।
उनीहरुले तीस लाख रुपैयाँ पर्ने स्वास्थ्य सामग्री बोकेर साविकको धौलागिरी दौडाहामा निस्केका हुन् । उनीहरुले नै दिएको अक्सिमिटर पाउँदा बलेवाका स्वास्थ्यचौकीले पहिलो पटक अक्सिमिटर पाएको अभियान्ता सुवेदीले बताए । ‘हाम्रो अभियान हरेक महिला स्वास्थ्य स्वयंसेविकाको हातमा अक्सिमिटर पुराउने हो’ सुवेदीले भने ‘महामारीको बेला सरकार एक्लैले गरोस् भनेर बाटो हेर्ने बेला होईन ।’ उनीहरुले म्याीगदमा १२, पर्वत र बागलुङका विभिन्न ठाउँका स्वास्थ्य संस्थालाई १४÷१४ वटा अक्सिजन कन्सन्टेटर वितरण गरेका छन् ।
‘अहिले हामी ४६ वडामा पुग्छौं, सबै स्वास्थ्य संस्थामा मास्क, सेनिटाईजर, साबुन, अक्सिमिटर लगायतका सामग्री पुराउँछौं’ सुवेदी भन्छन् ‘सिटामोल लगायतका औषधि अभाव रहेको जानकारी पाएपछि हामीले १५ हजार ट्यावलेट सिटामोल सहितका औषधि पनि उपलव्ध गराएका छौं ।’ उनीहरुले ३ सय ५० पीपीई, १५ हजार सर्जिकल मास्क, २१ वटा अक्सिजन कन्सन्टेटर, २ सय फेसशिल्ड, ३ हजार ५ सय एन–९५ मास्क, ५ सय थान थर्मल गन र ३ सय ५० थान अक्सिमिटर गाउँका स्वास्थ्य संस्थामा पुराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->