पोखरा, ६ असार – गीतकार कमला न्यौपानेको ‘किनाराको ढुङ्गा’ बोलको गीत सार्वजनिक भएको छ। नेपाल आइडल सिजन-३ की विजेता सज्जा चौलागाईंको आवाज रहेको उक्त गीतमा न्यू बज्राचार्यले संगीत दिएका छन्। संगीतकार बज्राचार्यको आफ्नै यूट्युब च्यानलमा सार्वजनिक गरिएको गीतमा कमला न्यौपानेले गीतमा आफूले प्रेमजस्तो संवेदनशील कुरालाई उत्तिकै सम्मान सहित जीवनसँग जोडेको बताइन्। न्यौपानेको विभिन्न गीति एल्बम र जंगलको यात्रा नामक कविता संग्रह प्रकाशित भैसकेको छ।





