बागलुङ, १४ असार– मदन भण्डारीको जन्मजयन्तीको अबसरमा मदन भण्डारी स्पोर्ट एकेडेमी बागलुङले मानवसेवा आश्रममा सामाग्री बितरण गरेकोछ ।
सोमबार एक कार्यक्रमको आयोजना गरेर आश्रमकालागि चाहिने खाद्यान्न, फलफूल र स्वास्थ्य सामाग्री बितरण गरेको हो । पूर्व सांसद मनकुमारी केसी र एकेडेमीका अध्यक्ष कृष्ण कार्कीले ती सामाग्री आश्रमकी अगुवा बिपना तामाङलाई हस्तान्तरण गरे ।
उक्त अबसरमा केसीले स्वर्गिय मदन भण्डारीले नेपालको राजनीतिक इतिहासमा गरेको योगदान अतुलनीय भएको बताइन् । भण्डारीले बामपन्थी आन्दोलन, जनआन्दोलन २०४६ लगायतका अभियानमा गरेको अगुवाई, दिएको बिचार र राजनीतिक चेतनाले अहिलेको राज्य व्यवस्थामा आइपुग्दापनि उत्तिकै स्मरण योग्य भएको बताइन् ।
भण्डारीकै कार्यकर्ताको रुपमा बर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सम्म आइपुगेको समेत बताइन् । उनले भण्डारीको चाहनापनि सबै नेपाली सुखी रहून भन्ने रहेको भन्दै सोही अनुसार सुखि नेपाली, समृद्ध नेपालको नारा बनेको धारणा राखिन् । एकेडेमीका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता र सचिव लोकेन्द्र केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त अबसरमा कार्यक्रम संचालन गरेका लोकेन्द्र केसीले आश्रयमकालागि १० हजार नगद दिने घोषणा गरे । उनले जनउत्तरदायी भावनाकालागि यो सहयोग गरेको भन्दै नगदै रकम उपलब्ध गराउने जानकारी गराएका हुन् ।





