बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

संयुक्त विद्यार्थी संगठनद्धारा बागलुङमा संविधान प्रर्दशन

संयुक्त विद्यार्थी संगठनद्धारा बागलुङमा संविधान प्रर्दशन


  • ढोरपाटन सम्वाददाता
  • असार २१ २०७८, सोमबार

बागलुङ, २१ असार– सरकारविरुद्ध मुलुकभर आन्दोलन गरिरहेका संयुक्त विद्यार्थी संगठनले सोमबार बागलुङमा संविधानको प्रतिलिपि प्रदर्शन गरेका छन् । वर्तमान सरकारका प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिचेर स्वयच्छाचारी ढंगले काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडी संविधानको प्रदर्शन गरेको हो ।
राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा प्रतिगमन व्याप्त बनेको भन्दै पाँच विद्यार्थी संगठनले संयुक्त संघर्षको कार्यक्रमअन्र्तगत प्रतिगमन र बेथितिविरुद्ध आन्दोलन गरेको संयुक्त विद्यार्थी संगठनले जनाएका छन् ।
प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन् । वर्तमान सरकारले महँगी बढाएको, कोरोना नियन्त्रण र खोपको व्यवस्था गर्न नसकेको भ्रष्टाचार वढेको तथा जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको अखिल क्रान्तिकारीका नेता जीवन शर्माको आरोप छ ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले प्रशासन परिसरमा संविधानको प्रतिलिपी प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->