बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लोकतन्त्र जोगाउन सहकार्य गरौं : मुख्यमन्त्री पोखरेल

लोकतन्त्र जोगाउन सहकार्य गरौं : मुख्यमन्त्री पोखरेल


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७८, शुक्रबार

बागलुङ, २५ असार– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक परिवर्तन र लोकतन्त्र संस्थागत बिकासकालागि प्रेसको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।
राजनीतिक परिवर्तनकालागि भएका संघर्षहरुमा पत्रकारिता क्षेत्रको योगदान रहेको भन्दै पोखरेलले प्राप्त उपलव्धी संस्थागत गर्न पत्रकारिता क्षेत्रले थप शशक्त आवाज उठाउनुपर्ने बताए ।
शुक्रबार पत्रकार महासंघ बागलुङको २१ औं स्थापना दिवस तथा वेवसाईड सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले पत्रकारिताको संस्थागत बिकासकालागि प्रदेश सरकार सधैं सहयोगी बन्ने बताए । ‘सरकारले तपाईंहरुको पेशागत सुरक्षाकालागि सबै सहयोग गर्न तयार छ’ उनले भने ‘पत्रकारीता क्षेत्रले हामीलाई झकझकाउन आवश्यक छ ।’ पत्रकार महासंघ बागलुङले तयार गरेको डिजिटल पत्रिका (वेवसाईड)को पोखरेलले सार्वजनिक समेत गरे ।
कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले सरकारले पत्रकारिता क्षेत्रलाई संकुचीत हुनेगरी कुनैपनि कानून बनाउन नहुने बताए । ‘लुम्बीनी प्रदेशले पत्रकारहरु र पत्रकारिता क्षेत्रलाई निगरानीमा राख्नेगरी कानुन बनाउँदै गरेको सुनेको छु, यहाँ त्यस्तो नहोस’ शर्माले भने ‘प्रेस स्वतन्त्रता खुम्चीने गरी आएका कानून पत्रकारकालागि मान्य हुँदैनन् ।’ २०५६ सालमा स्थापना भएको पत्रकार महासंघ धौलागिरी शाखाले २०५७ सालमा मान्यता पाएको थियो । जिल्ला शाखाहरु स्थापना भएपछि साविकको धौलागिरी शाखा बागलुङ शाखाको रुपमा रहेको छ । कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सदस्यहरु, रञ्जीता शर्मा, ताराप्रसाद शर्मा, प्रकाश छन्त्याल र बागलुङका निवर्तमान अध्यक्ष दिल शिरिष लगायतले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष नरेश कँडेलको अध्यक्ष, उपाध्यक्ष नबिन शिशिरको स्वागत र सचिव बिजय रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->