शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मध्युविन्दु र देवचुलीमा एकैदिन ३ कोरोना संक्रमितको मृत्यु

मध्युविन्दु र देवचुलीमा एकैदिन ३ कोरोना संक्रमितको मृत्यु


  • खगेन्द्र पराजुली
  • असार ३० २०७८, बुधबार

नवलपुर, ३० असार– आज एकैदिन नवलपुरका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकाका दुई जना र देवचुली नगरपालिकाका एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
मृतक तीनै जना पुरुष हुन् । मध्यविन्दु ८ का ५० बर्षका पुरुषको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो भने मध्यविन्दु १ कै ६७ बर्षका पुरुषको चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको स्वास्थ्य शाखा मध्यविन्दुलाई उधृत गर्दै स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । वडा नं. ८ का ५० बर्षीय ति पुरुषको असार १७ गते मध्यविन्दु जिल्ला अस्पतालमा पिसीआर परिक्षण गर्दा कोभिड पोजेटिभ पुष्टि भएको थियो भने ६७ बर्षीय पुरुषको असार १५ गते गरेको परिक्षणमा कोरोना भाईरस संक्रमण देखिएको थियो ।
यस्तै, देवचुली १३ का ५४ बर्षका पुरुषको मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो । असार १८ गते भरतपुरको सिएमसी अस्पतालमा एन्टिजेन परिक्षण गर्दा ती पुरुषमा पोजेटिभ देखिएको स्वास्थ्य शाखा देवचुलीले जनाएको छ ।
आज थप तीन जनाको मृत्यु भएसँगै जिल्लामा बैशाखयता ९६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १ सय २८ जना कोरोना संक्रमित ब्यक्तिहरुको मृत्यु भएको स्वास्थ्य कार्यालयको विवरण छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->