बागलुङ, ३० असार– युरोपको स्कटल्याण्डका निल रिची नामक व्यक्तिले स्वास्थ्य कार्यालय बागलुङका लागि २ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् ।
विभिन्न संचारमाध्यममा आएका समाचार तथा बागलुङका विभिन्न स्थानमा अझै कोरोनाका बिरामीको उपचारमा आवस्यक परेको भन्दै १० लीटरका दुइवटा कन्सन्ट्रेटर पठाइदिएका हुन् ।
व्यक्तिगत चिनजानको कारणबाट विवाइसी बागलुङको साझेदारीमा संचालित फेयर मेड फाउण्डेसनका कार्यक्रम अधिकृत वेदप्रसाद शर्मासँग ती सामान पठाएका हुन् । शर्माले एक संक्षिप्त कार्यक्रममार्फत स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ र कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेलाई ती सामग्री हस्तान्तरण गरे । सामान बुझेपछि गुरौले आवस्यकता परेको आधारमा ग्रामीण तहका कोभिड अस्पतालमा ती सामान पठाउने बताए ।





