बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कोभिडबाट भन्दा क्षयरोगबाट मृत्यु हुनेदर बढी

कोभिडबाट भन्दा क्षयरोगबाट मृत्यु हुनेदर बढी


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७८, शुक्रबार

बागलुङ, १ साउन– बागलुङमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेभन्दा क्षयरोगका कारण मृत्यु हुनेको दर बढी रहेको पाईएको छ । स्वास्थ्य कार्यालयले अघिल्लो आर्थिक वर्षमा गरेको सर्वेक्षणमा क्षयरोग संक्रमणबाट मृत्यु हुनेदर बढी भएको पाईएको हो ।
आर्थिक बर्ष २०७७÷०७८ मा गरिएको परीक्षणमा १ सय ४० जनामा क्षयरोगको संक्रमण पुष्टि भएको थियो । तीमध्ये ४ देखी ५ प्रतिशत संक्रमितको उपचार नपाएका कारण मृत्यु हुने गरेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताए ।
बिहिबार गत आर्थिक बर्षको कार्यालयको प्रगति विवरण सार्वजनिक गर्दै कार्यालयले परिवार नियोजन गर्नेको संख्या घटेको तथ्यांक बाहिर ल्याएको छ । स्थायी बन्ध्याकरण गर्नेप्रति दम्पत्तिहरुको रुची कम भएको स्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताईन् । ‘बडिगाड गाउँपालिका र बुर्तिबाङ बजार दुई ठाउँमा शिविर सञ्चालन गर्दा १२ जनाले मात्रै स्थायी बन्ध्याकरण गरेको तथ्यांक छ’ शर्माले भनिन् ‘लामो समयको अस्थायी परिवार नियोजनका साधन खोज्ने केही बढी छन् ।’ जिल्लाभर धौलागिरी अस्पतालबाहेक स्वास्थ्य संस्थाबाट इम्प्लान्ट र आयुसिडी प्रयोग गर्नेको संख्या ४१ मात्रै छ ।
कार्यालयले गत आवमा समानिकरण, ससर्त र कोभिड नियन्त्रण तथा रोकथाम समेत गरेर ६८ प्रतिशत भौतिक प्रगति गरेको छ । ६७ प्रतिशत आर्थिक प्रगति भएको कार्यालय प्रमुख सुरज गुरौले बताए । ‘धेरै तालिम गोष्ठि लगायतका काम हुन पाएनन्, कोभिड नियन्त्रण र रोकथामका काममा समन्वय गर्न समय खचियो’ पत्रकारहरुसँग कुराकानी गर्दै गुरौले भने ‘नियमित खोप, पुनरताजगी तालिम र कोभिड खोप अभियान निरन्तर चलिरहेका छन् ।’
राज्यको पून संरचना भएपछि समन्वयको मात्रै जिम्मेबारी पाएको कार्यालयले स्वास्थ्य क्षेत्रमा स्थानीय तहको चासो कम रहेको पाईएको जनाएको छ । कार्यक्रम दोहोरीने, स्वास्थ्यका कार्यक्रम प्राथमिकतामा नपर्ने र तथ्यांक तयार गर्न र सूचना प्रवाह गर्न कठिन हुने गरेको गुरौले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->