बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अन्तराष्ट्रिय स्तरका चिकित्सकको परामर्श बागलुङबाटै

अन्तराष्ट्रिय स्तरका चिकित्सकको परामर्श बागलुङबाटै


  • ढोरपाटन सम्वाददाता
  • साउन २ २०७८, शनिबार

बागलुङ, २ साउन– बागलुङमा अन्तराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ सेवा शुरु भएको छ । बेलायतमा रहेका बिभिन्न संघसंस्था र अन्तराष्ट्रिय बागलुङ समाजको सहयोगमा बागलुङ नगरपालिकाले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको हो ।
बागलुङ नगरपालिकामा रहेको नगरस्वास्थ्य शाखाबाट सेवा सुचारु गरिएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिए । शुक्रबार एक समारोहको आयोजना गरेर नगरप्रमुख जनकराज पौडेलले ‘टेलिमेडिसिन’ सेवाको शुभारम्भ गरेका छन् । ‘अब अन्तराष्ट्रिय स्तरको परामर्श र औषधि उपचार यहीँबाट पनि हुन्छ’ पौडेलले भने ‘टेलिमेडिसिन सेवाले आँफैमा औषधि दिने होईन रोगको पहिचान र निधानका उपयको खोजी गर्नेछ ।’
तत्कालका लागि सदमुकाममा खुलेको ‘टेलिमेडिसिन’ सेन्टर विस्तारै दुर्गम गाउँका स्वास्थ्य चौकीहरुमा विस्तार गरिने पौडेलले बताए । जटिल प्रकारका समस्या ‘टेलिमेडिसिन’का माध्यामबाट समाधान गरिने लक्ष रहेको प्रमुख प्रशसकीय अधिकृत जीवन ज्ञवालीले बताए । अनलाइनमार्फत विदेशी विशेषज्ञ चिकित्सकहरुलेसमेत उपचार तथा परामर्शमा सहभागी हुनेछन् । यसबाट जटिल तथा दीर्घरोगीले बढी स्वास्थ्य सेवा तथा परामर्श पाउने नगरपालिकाको अपेक्षा छ ।
नगरपालिका, एनआरएन यूके, स्वीनफेन च्यारिटेवल ट्रष्ट बेलायत, अन्तरराष्ट्रिय बागलुङ समाज र चार भञ्ज्याङ तमु समाज बेलायतको संयुक्त सहकार्यमा नगरपालिकामा ‘टेलिमेडिसिन’ सेवा सुरु भएको हो । ‘खोज पड्ताल भएका कागजातहरु ‘टेलिमेडिसिन’मा सहभागि चिकित्सकहरुको सामु पु¥याउने काम हुन्छ’ अन्तरराष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख सुरेन्द्र कँडेलले भने ‘कागजात पेश भएको एक घण्टामा चिकित्सकहरुले सल्लाह, निधानको उपाय र औषधिको बिषयमा जानकारी गराउनुहुन्छ ।’
वर्षको एक पटक चिकित्सकहरुले बिरामीको प्रत्यक्ष जाँच र रोगको खोजपड्ताल गर्ने उनले बताए । पर्वतको फलेवास नगरपालिकामा सञ्चालनमा रहेको ‘टेलिमेडिसिन’ सेवा प्रभावकारी देखिएको भन्दै सोही नक्कल गर्दै बागलुङमा सेवा सुचारु भएको हो । कुनै पनि स्वास्थ्यसम्बन्धी जटिल समस्या आएमा स्थानीय स्वास्थ्यकर्मीले काठमाडौं तथा पोखरा सिफारिस गर्नुपर्ने अवस्था रहँदै आएकोमा अनलाइन माध्यमबाट विभिन्न देशमा रहेका विषय विशेषज्ञ चिकित्सकको सल्लाह एवं परामर्शमा औषधि उपचार तथा परामर्श गर्ने कार्यक्रम नै ‘टेलिमेडिसिन’ कार्यक्रम रहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले बताए ।
यो कार्यक्रम प्रभावकारी भएमा जिल्लाको ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका लगायतका स्थानमा समेत ‘टेलिमेडिसिन’ शुरू गरिने अन्तरराष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->