शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्यमन्त्रीको उपस्थितिमा अपाङ्गता भएकाले पाए जोन्सन खोप

मुख्यमन्त्रीको उपस्थितिमा अपाङ्गता भएकाले पाए जोन्सन खोप


  • खगेन्द्र पराजुली
  • साउन ४ २०७८, सोमबार

नवलपुर, ४ असार– नवलपुरमा आइतबार राती अबेर आईपुगेकोे जोन्सन एण्ड जोन्सनको कोभिड भाईरस बिरुद्धको भ्याक्सिन (जोन्सन कोभिड–१९ भ्याक्सिन) अपांगता भएका बाह्र जनालाई लगाईएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा कोल्हुवा स्वास्थ्य चौकीमा अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गको परिचयपत्र बाहकलाई खोप लगाएर जानसेन कोभिड–१९ भ्याक्सिन लगाउन शुभारम्भ गरिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
नवलपुर भ्रमणमा रहेका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल स्वास्थ्य कार्यालय निरिक्षणमा पुगेका बेला संयोगवस हिजो मात्रै जिल्ला आईपुगेको खोपको उद्घाटन मुख्यमन्त्रीकै प्रमुख आतिथ्यतामा भयो । एक डोज मात्रै लगाए हुने अमेरिकामा बनेको यो खोपको प्राथमिकतामा ५० देखि ५४ वर्ष उमेर समूह र अपांगताको ‘क’ र ‘ख’ वर्गको परिचयपत्र पाएका व्यक्ति तथा लक्षित वर्गका परेका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार नवलपुरका लागि १५ हजार डोज खोप प्राप्त भएको छ । जिल्लामा २० हजारको हाराहारीमा ५० देखि ५४ वर्ष उमेर समूूहका नागरिक भएको अनुमान गरिएको तर यसअघिका खोप अभियानमा उमेर समूह बाहेक पेशागत कर्मचारीहरु समेतले खोप लगाईसकेका कारण प्राप्त खोपले प्राथमिकतामा परेका वर्गलाई समेट्न सकिने अनुमान स्वास्थ्य कार्यालयले गरेको छ ।
जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक बसेर खोप कार्यक्रम तालिका सार्वजनिक गरी सबै पालिकामा खोप लगाउन तोकिएको उमेर प्राथमिकताको जनसंख्याका आधारमा वितरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->