बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नारायणीमा हाम फाल्ने बताएका एक युवक बेपत्ता

नारायणीमा हाम फाल्ने बताएका एक युवक बेपत्ता


  • ढोरपाटन सम्वाददाता
  • साउन ४ २०७८, सोमबार

नवलपुर, ४ साउन– साथीलाई फोन गरेर नारायणीमा हाम फाल्छु भनेका एक युवक नदी किनारमा आफ्ना सामान छाडेर बेपत्ता छन् । गैंडाकोट नगरपालिका वडा नं. १ बृटिस क्याप नजिकै नारायणी नदी किनारमा बेपत्ता भएका भनिएका युवकले चलाउने ना २२ प ६१२१ नम्बरको होण्डा साईन मोटरसाईकल, मोटरसाईकल माथी एउटा झोला, भोलाभित्र २ थान मोबाइल, सिमकार्ड र स्थायी लेखा नम्वर लगायतका कागजात वेवारिसे अवस्थामा फेला पारेको गैडाकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चितवन रत्ननगर नगरपालिका वडा नं. ३ का २८ बर्षीय सुनिल तामाङ बेपत्ता छन् । तामाङले आफ्नै साथी शंकर चौधरीलाई आत्महत्या गर्दैछु भनेपछि चौधरीले अत्तालिदै प्रहरीलाई खवर गरेका थिए । चौधरीले दिएको सूचनाको आधारमा खोजतलास गर्दै जाँदा तामाङका सामग्रीहरु फेला पारेको तर ति युवकलाई फेला पार्न नसकेको प्रहरीले जनाएको छ । आईतवार बिहानदेखि बेपत्ता युवकको खोजी कार्य भईरहेको गैंडाकोट प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->