बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिलो पटक बागलुङलाई दुई जना मन्त्री

पहिलो पटक बागलुङलाई दुई जना मन्त्री


  • ढोरपाटन सम्वाददाता
  • साउन ९ २०७८, शनिबार

बागलुङ, ९ साउन– गण्डकी प्रदेश सरकारले पूर्णता पाउँदा बागलुङले २ जना मन्त्री पाएको छ । यसअघिको सरकारमा बागलुङबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने कोही पनि मन्त्री थिएनन् । गण्डकी प्रदेश सरकारमा बागलुङबाट पहिलोपटक मणिभद्र शर्मा र चन्द्रबहादुर बुढा ‘सागर’ मन्त्री बनेका हुन् ।
कृष्णचन्द्र पोख्रेल नेपाली नेतृत्वको सरकारमा कँडेल र बुढाले मन्त्री पाउँदा गण्डकी प्रदेश गठनपछि पहिलोपटक बागलुङले मन्त्रीमण्डलमा प्रतिनिधित्व गरेको हो । बागलुङमा नेपाली कांग्रेसलाई संगठित गर्न महत्वपूर्ण भूमिका खेलेका कँडेलले पहिलोपटक लाभको पद लिएका हुन् ।
उनी पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका हुन् । माओवादी केन्द्रबाट चन्द्रबहादुर बुढा ‘सागर’ले भूमि व्यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् । सागरले माओवादी संघर्षबेला कष्टपूर्ण राजनीतिक यात्रा गरेका थिए । कँडेल कांग्रेसबाट समानुपातिक सांसद हुनभने बुढाले बागलुङ क्षेत्र नं. २ प्रदेशसभा (क)बाट निर्वाचन जितेका हुन् ।
दुबै जनाले महत्वपूर्ण मन्त्रालय पाएकाले बागलुङको आर्थिक र पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ‘हामीले गुनासो राख्ने ठाउँ थिएन्, दुवै नेता विकासप्रेमी हुनुहुन्छ,’ ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भन,े ‘कम्तिमा गुनासो राख्न पाइन्छ ।’
बागलुङबाट गण्डकी प्रदेशसभामा ८ जनाले प्रतिनिधित्व गर्छन् । नेपाली कांग्रेसबाट २ जना, नेकपा एमालेबाट २ जना, राष्ट्रिय जनमोर्चाबाट २ जना र माओबादी केन्द्रबाट २ जना सांसद छन् । ९ जनामध्ये राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गर्ने कृष्ण थापा कारवाहीमा परेकाले उनले निर्वाचन जितेको बागलुङ क्षेत्र नं. १ प्रदेशसभा (ख) खाली छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->