बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अमेरिका पठाउँछु भन्दै ठग्ने ३ पक्राउ

अमेरिका पठाउँछु भन्दै ठग्ने ३ पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७८, आइतबार

पोखरा, १० साउन– अमेरिका लाने बहानामा पोखरामा ठगी धन्दा चलाउँदै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकामा कामका लागि पठाउने भन्दै अमेरिकी दुतावासको नक्कली कागजातसमेत बनाई ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कपिलवस्तु घरभइ हाल पोखरा १८ भकुण्डे बस्दै आएका २४ वर्षीय विकास भनिने विनोद भुषाल, पोखरा २ मिरुवाका ३१ वर्षीय पुकार गुरुङ र पोखरा १२ का ३० वर्षीय प्रकाश गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंले पक्राउ गरी कास्की प्रहरीलाई बुझाएको हो ।
उनीहरुले काठमाडौंका विनोद भुषाललाई अमेरिकाको एक कृषि फार्ममा काम लगाइदिने भन्दै पटक पटक गरी ७४ लाख ९ हजार ५ सय रुपैयाँ ठगी गरेको केन्द्रीय अनुसन्धान ब्युरोका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए ।
पक्राउ परेका मध्ये विनोद भुषाल (विकास) यस अघि समेत अमेरिकामा जेल परेको व्यक्तिलाई छुटाइदिने भन्दै २५ लाख ठगि गरेको आरोपमा दाङमा पक्राउ परेको महतोले जानकारी दिए । उनीहरु तीनै जनाले पीडितलाई अमेरिकामा रहेकी भनिएकी दिव्या रानाले वर्किङ परमिट भिसा दिलाउँछु भन्दै प्रलोभनमा पारी आफूले भने अनुसारको काम गर्न लगाइ ठगि गरेको अनुसन्धानबाट खुल्न आएको हो ।
विनोदले आफू ठगिएको भन्दै ब्युरोमा एक हप्ता अघि उजुरी दिएका थिए । उनीहरु पोखरामा रहेको गोप्य सूचनाको आधारमा पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको महतोले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->