बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेवारिसे बम सेनाद्वारा निष्क्रिय

बेवारिसे बम सेनाद्वारा निष्क्रिय


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७८, आइतबार

नवलपुर, १० साउन– नवलपुरको कावासोती नगरपालिका–१४ मा बेवारिसे अवस्थामा ग्रिनेट बम फेला परेको छ । कावासोती–१४ का कृषकहरुले खेतमा पानी लगाउन डेन्जर खोलामा बाँध लगाउन स्याउला काट्ने क्रममा झाँडीभित्र ग्रिनेट बम देखेपछि उनीहरुले प्रहरी चौकीमा खबर गरेका थिए ।
ग्रिनेट बमलाई अरुणखोलाको झाल्टुङ डाँडामा रहेको कालिध्वज गणका क्याप्टेन रामहरि पुरीसहित ६ जनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बेवारिसे अवस्थामा भेटिएको बम पुरानो भएपनि द्वन्दकालीन अवस्थाको हो वा हैन भन्न नसकिने सेनालाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए । ग्रिनेटको बाहिरी कभरसमेत नगलेकाले कति पुरानो हो भन्न नसकिने डिस्पोज टोलीले बताएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मदिरा पिएर झगडा, ५ महिने बालिकाको मृत्यु
मादक पदार्थ सेवन गरी अभिभावकबीच भएको झगडाको चपेटामा परी ५ महिना बालिकाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका ६ मिर्तुङ बस्ने २६ वर्षीय कर्णबहादुर सारुले मादकपदार्थ सेवन गरी आफ्नै मामा नाता पर्ने पदमबहादुर बाह्रघरेसँग झगडा गरेका थिए ।
झगडाकै क्रममा सारुले मामाकी ५ महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर पिँढीमा फालेका थिए । पिँढीमा फाल्दा घाइते भएकी बालिकाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा मृत्यु भएको हो ।
प्रहरीले कर्णबहादुर सारुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको र बालिकाको शव पोष्टमाटर्मका लागि मध्यविन्दु जिल्ला अस्पताल कावासोती डण्डामा राखिएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित २ जना पक्राउ
नवलपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।नवलपुर प्रहरीले चेकजाँचको क्रममा कावासोती २ फलफूल चोकबाट ना ५ ख ३६९२ नम्बरको बसमा आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका ३ सहिदचोक निवासी १८ वर्षीय सुनिल गुरुङलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
गुरुङको साथबाट प्रहरीले फेनारागन १ सय १२ एम्पुल, बुफ्रिन १ सय १२ एम्पुल र डाइजापाम १ सय १२ एम्पुल बरामद गरेको जनाएको छ ।त्यसैगरी प्रहरी चौकी अरुणखोलाले मध्यविन्दु नगरपालिका १५ माथिल्लो भिउरान बस्ने वर्ष १८ को सुदिप पाल्पालीलाई लागुऔषध सहित पक्राउ गरेको छ ।
शंका लागि चेकजाँच गर्दा निजको साथबाट र निज बस्ने घरबाट नाईट्रो भ्याट १४ पत्ता अर्थात २ सय १० पिस, स्पास्मो १२ पत्ता अर्थात ९६ पिस र कोरेक्स २ बोतल बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->