नवलपुर, ११ साउन– कावासोतीका ३ सय उद्योगी, व्यवसायीले भेरोसेल खोप लगाएका छन् । पहिलो चरणमा उद्योग वाणिज्य संघ कार्य समिति र वस्तुगत संघका गरी ३ सय जनाले भेरोसेल खोपको पहिलो डोज लगाएको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले बताए ।
पोखरेलका अनुसार जिल्लाका सबै व्यापारीलाई खोप उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय समक्ष माग गरिए पनि पहिलो चरणमा नवलपुर उद्योग वाणिज्य संघ कार्य समिति र वस्तुगत संघका कार्य समिति सदस्यलाई मात्र खोप उपलब्ध भएको छ ।
संघले एक पान नम्बर एक खोपको माग गरेको छ । हाल पर्याप्त खोप उपलब्ध नभएकाले सबै उद्योगी व्यापारीहरुलाई खोप उपलब्ध गराउन नसकिएको बताउदै खोपका लागि पहल गरि क्रमस सबैलाई खोप लगाउने वातावरण मिलाईने अध्यक्ष पोखरेलको बताए ।





