पोखरा, ११ साउन– गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्य संस्थाहरुको क्षमता वृद्धिलाई विशेष प्राथमिकता दिएको बताएकी छन् । स्वास्थ्य संस्थाहरुलाई विषेशज्ञ सेवा प्रवाहमा अब्बल बनाउने पनि उनको उद्घोष थियो ।
नवलपुर जिल्लामा रहेका स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेदिक कार्यालयहरुको अनुमगन तथा निरीक्षणको क्रममा उनले सो धारणा व्यक्त गरेकी हुन् । उनले जिल्लाको मध्यबिन्दु अस्पतालको भ्रमणका क्रममा अस्पतालको सेवा प्रवाहलाई थप चुस्त बनाउन आग्रह गरिन् ।





