आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘प्रशिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ’

‘प्रशिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ’


  • विजय नेपाली
  • साउन १३ २०७८, बुधबार

विवादबाट कहिल्यै मुक्त नहुने खेलकुद संस्था हो, अखिल नेपाल फुटबल संघ ( एन्फा) । गुटगत राजनीतिले गाँजेको एन्फा पछिल्लो समय राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालबाट राजीनामा घोषणापछि फेरि चर्चामा आएको छ । अल्मुताइरीले एन्फा अध्यक्ष कर्मा शेर्पासँगको मिलेमतोमा अन्य पदाधिकारीहरुको मानमर्दन गरेको आरोप सार्वजनिक भइरहँदा ढोरपाटन सहकर्मी विजय नेपालीले एन्फा अध्यक्ष कर्माछिरिङि शेर्पासँग पछिल्लो विवाद तथा एन्फासँग सम्बन्धित विभिन्न विषयमा लामो कुराकानी गरेका छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश । –सम्पादक

एन्फामा तपाईको कार्यकाल कस्तो रह्यो ?
एन्फामा हाम्रो कार्यकाल ४ वर्षको हो । ४ वर्षमा २ वर्ष त कोभिडले नै लग्यो । एन्फाको कार्याकाल २ वर्षमा महत्वपूर्ण उपलब्धी हासिल ग¥यौँ । नाममात्रको संस्थालाई संस्थागत बनायौँ ।
संगठन थिएन नियमावली थिएन । विभिन्न कार्यविभि थिएन् । आर्थिक रुपमा पारदर्शीता कायम गर्न धेरै चुनौति भयो । बजेटलाई शीर्षक अनुसार काम गर्ने तरिका बसाल्याँै । लेखा परीक्षण गरायौँ। आउने केही दिनमा एकाउन्ट सिस्टमलाइ अनलाइनमा लैजाँदै छौँ । जिल्ला फुटबल संघहरुलाई पान नम्बर लिने तयारी थालिसक्यौँ । विगतको परम्परालाइ तोडेका छौ । १६ जिल्लामा सुरु भएको छ ।
फुटबल विकासमा एन्फाले ल्याएका नयाँ योजनाहरु के–के हुन् ?
४ वर्षदेखि स्थगित शहीद स्मारक ए डिभिजन लिगको सुरुवात गरेका छाँै । पहिलो साल बिना रेलिगेसन, दोस्रो वर्ष एक रेलिगेन । अब हामीले दुई क्लब रेलिगेसन गर्ने तयारी गरिरहेका छौँ र धरान पुनर्जिवित गर्ने काम सुरु भएको छ । धरान र बुटबलमा भएको एकेडेमी ६–७ वर्ष देखि बन्द थियो । त्यसलाइ पुनः निमार्ण गरी २६ जना बच्चाहरुलाइ देशभरबाट छनौट गरी ५२ खेलाडीको लागि तालिमको व्यवस्था पनि गरेका छौँ र रौतहटमा महिला फुटबल टेनिड सेन्टर सुरुवात । काम अन्तिम चरणमा छ । केही साथीहरुले मुद्दा हालेको कारण हामी पर्खाइमा छौँ। त्यसले गर्दा नेपाली फुटबल विकास गर्नका लागि विगतमा रोकिएका खेल प्रतियोगितालाइ निरन्तरता दिँदै रिप्लेसको रुपमा क्विकस कप सुरु हुँदैछ । युथ प्रोग्राम सुरु गरेका छौँ । उत्साहित भएर निरन्तरता दिँदै अघिबढेका छाँै । अहिले क्लब एकेडेमीको समेत सुरुवात भएको छ । पोखरामा पनि एउटा स्कुल बनाउँदै छाँै । पोखरा रंगशालालाई मनाङ मस्र्याङ्दी क्लबले होम ग्राउण्ड बनाउँदै छ । अन्तर्राष्टिय प्रतियोगितामा समेत सुधार गरेका छौँ । पहिलेको भन्दा राम्रो भएको महसुस भएको छ । रेफ्री डिपार्टलाई बलियो बनाउँदै रेफ्री एजुकेशनलाइ जोड दिएका छौँ । ५ वर्षीय कार्यक्रम बनाएका छौँ । फिफा रेफ्री क्याटागोरी १–२–३ गरी छुट्याएर संचालन गरिरहेका छौँ ।
रेफ्रीको क्याटागोरी किन आवश्यक ?
आउने दिनमा धेरैभन्दा धेरै रेफ्री उत्पादन गर्दै छाँै । र फास्ट ट्याकबाट भएपनि फिफा रेफ्री बनाउने छौँ । धेरै प्रतियोगिता गर्नु छ । फिफा रेफ्रीको कमी छ । त्यो बढाउन पनि आवश्यक छ ।

कुरा सुन्दा धेरै काम भएको देखिन्छ तर, कर्माले नै सबै कुरा बिगा¥यो, एन्फा खत्तम बनायो भन्ने आरोप पनि आउँछ नि ?
अब यो जहाँ पनि विकास विरोधी हुन्छन् र दुई समूह हुन्छ । एउटा प्रतिस्पर्धामा जाने हुन्छ र अर्को फुटबल संघको पदमा आउ भन्ने पनि छन् । मेरो भनाइ चाहिँ पृथक छ । फुटबलको पदका लागि होइन । हामीले काम गरेर देखाउनुपर्छ । जिल्लामा काम गरेको होस् । क्लबमा राम्रो काम गरुन । केन्द्रमा पारदर्शीताको कुरा गर्नेले आफ्नो जिल्लामा पनि पारदर्शीताको कुरा गरौँ । केन्द्रमा पारदर्शीताको कुरा गर्नेले क्लबमा पनि गरौँ । केन्द्रलाई मात्र आरोप लाएर हुन्न । आफ्नो ठाउँपनि बनाउन पर्छ । आफूले नगर्ने अरुले गरेकोमा खुट्टा तान्ने संस्कृतिको विकास भएको छ । कमी कमजोरी छ भने देखाउन प¥यो । आफूले गरेको सही, अरुले गरेको गलत भन्ने संस्कृतिले नै हामीलाइ बिगारेको छ । यसलाई तोड्न जरुरी छ । चरित्र हत्या गर्ने तरिकाले जानु कहाँसम्मको न्याय हो ? आफ्नो स्वार्थका लागि संघलाइ नबिगारौँ ।
एन्फा वरिष्ठ उपाध्यक्षका कारण राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिन्छुभन्दै संघमा आउनुभयो । यो विषयलाइ तपाईँ कसरी लिन हुन्छ ?
यसमा के छ भने, हामी ए डिभिजन लिगको मिटिड बसिरहेको अवस्थामा वरिष्ठ उपाध्यक्ष, सबै सँगै थियौ र फेसबुकमा अचानक राजीनामाको कुरा आयो । म पोखरा आउँन पर्ने थियो । कोच मेरो चेम्बरमा आउनु भएको थियो । साफको पनि आज मात्रै इन्भिटेसन आएको छ । एउटा कोचको जिम्मेवारी के हो भनेदेखि जुन उदेश्यको लागि आएको छ त्यो पूरा गर्नैपर्छ । त्यो कारणले पनि अहिले राजीनामाको कुराहरु नगर्नुस्, बाँकी कुराहरु भने बसेर गरौँला भनेर सम्झाइयो ।
१३ औँ साफ नजिकैदै गर्दा प्रशिक्षकको राजीनामा दिने कुराले नेपाली फुटबलमा कस्तो असर पर्छ ?
पछिल्लो समय राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन ?त्यसले त धेरै असर पार्छ । खेलाडीमा पदाधिकारीमा ,फुटबल समर्थकमा असर पर्न सक्छ । यसका लागि हामीले कोचलाइ मनाउँदै छौं । यसमा साथीहरु लागिराख्नु भएको छ । मलाइ जानकारी आएसम्म आज पनि उहाँहरुबीच कुराकानी भएको छ । मिलाउने काम भइराखेकै छ । मलाइ जहाँसम्म लाग्छ, यस्को व्यवस्थापन चाँडै हुनेछ । र, व्यवस्थापन भएपछि एक भएर साफ तयारी गर्नेछौँ । खेलाडीमा पनि अहिले आत्मबल निकै बढेको देखिन्छ । हामीले वल्र्डकप क्वालिफाइ खेल्याँै,मैत्रीपूर्ण खेल खेल्यौँ, त्यसले पनि थप उर्जा दिएको छ । यसलाई प्रशिक्षकले पनि राम्रोसँग बुझ्नु भएकै छ ।
१३ औं साफ च्याम्पियनसिप आयोजना गर्न साफले हिजो मात्र एन्फालाइ सशर्त पत्र पठाएको छ। के नेपालमा प्रतियोगितासम्पन्न गर्न सम्भव छ ?
हामीले सक्छौँ । थ्रि नेसन्सस पनि ग¥यौँ । नेपाल सुपर लिग पनि सम्पन्न भयो । यसले पनि के देखाउँछ भने हामी प्रतियोगिता गर्न सक्छौ ।
बंगलादेशले कोरोनाकै कारण रद्ध ग¥यो । नेपालमा पनि कोरोना महामारी रहेको अवस्थामा कसरी हुन्छ ?
बंगलादेशको धेरै कारणहरु छन् । कोरोनापनि एउटा कारण हो । कोरोनाकै कारण च्याम्पियसिप रोकियो भनिएको छ । अर्को कारण भनेको सुजुकीले जुन किसिमको स्पोन्सर गरेको थियो । त्यो स्पोन्सर झिकेको छ । त्यसपछि साफ राष्ट्रहरु बैठक बसेर जुन देशले साफ च्याम्पियनसिप गर्छ त्यसले चाहिँ ७ लाख ५० हजार अमेरिकी डलर जम्मा गर्न पर्ने, साफको रोयल्टीदेखि लिएर साफको अन्य तयारी खर्च दिनेदेखि लिएर जुन सर्तहरु उहाँहरुले राख्नुभयो । त्यस अनुसार नेपाल सरकार खेलकुद मन्त्रालयअन्तर्गत सकरात्मक चलिरहेको छ । यो महिनाको अन्तिममा अन्तिम निणर्य गर्छ ।
साफ गेमका केही खेल पोखरामा गर्ने हिसाबले पोखरा आउनुभएको छ निमार्णाधीन फुटबल मैदानमा खेल खेलाउन सम्भव छ ?
त्यसको लागि खेलाडी चेन्जिङ रुम सम्पन्न हुनुपर्छ । पोखराको पुर्वाधार सम्पन्न त भएको छैन् । एक महिनामा चेन्जिङ रुम, अफिसियल रुमसमेत तयार हुन्छ भनेका छन् । सम्पन्न भए खेल हुन्छ । यदि सकेनन् भने काठमाडौँमै हुन्छ ।प्रतियोगिता गर्न फिफा नियम अनुसारको रंगशाला हुनुपर्छ यहाँ त्यो पूरा भएको छैन् ।
मापदण्ड र सुरक्षा थ्रेडका कुरा आइरहँदा स्कोर बोर्ड र फ्लड लाइटको व्यवस्थापनि त हुनुपर्ने होला नि ?
अब यसमा हामीले अस्थायी स्कोर बोर्ड राख्छाँै । पोखराको प्रकृतिको कारण हामीले प्रतियोगिता दिउँसो पनि संचालन गर्न सक्छौँ । नाइट गेम काठमाडौमा गर्छौँ ।
एन्फाले गण्डकी प्रदेशको फुटबल विकासमा केके काम गरिहेको छ ?
गण्डकी प्रदेशको कुरा गर्नुपर्दा यो प्रदेश पर्यटकीय प्रदेश पनि हो । यहाँ खेल पर्यटनको प्रचुर सम्भावना रहेको छ । हामीले अहिले कास्कीको भेँडावारीमा फिफा ड्रिम प्रोजेक्टको सुरुवात गर्दै छौ । यस्ले समग्र गण्डकी प्रदेशको खेलकुको विकासमा टेवा पुग्छ । अर्को कुरा हामीले मनाङ र मुस्ताङमा हाइअल्टिच्युट फुटबल टे«निङ सेन्टर बनाउने सोच बनाएका छौँ । यसले खेलाडीको खेलस्तरमा निकै प्रभाव पार्छ ।गण्डकीमात्र होइन हामीले त देश भर नै फुटबल विकासका लागि एकेडेमी संचालन गर्नेदेखि लिएर जिल्ला लिग , खेलाडी छनोटका खेलहरु समेत संचालन गरिहेका छौँ ।
अन्त्यमा फुटबल विकासका लागि तपाईँको सन्देश के छ ?
सर्वप्रथम त मलाई यो अवसर दिनुभयो, यसका लागि ढोरपाटन टिमलाइ धन्यवाद दिन चाहन्छु । फुटबल विकासको मुख्य हतियार भनेकै नेपाली दर्शकहरु हुनुहुन्छ । उहाँहरुको मायाकै कारण फुटबल अघि बढ्न सफल भएको हो । हामीले फुटबलको व्यथितिलाइ हटाउँदै चेन्ज एन्फा भनेरै आएका हौँ । सोहि अनुसार गएका छाँै । अब स्कुल लिग, ग्रास रुट फुटबलको विकास गर्दै जाने हो । राम्रो कामका लागि कसैले पनि विरोध नगरौँ साथ दिऊँ । खराब भए सुधार गरौँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->