बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जनजीविकाको सबालमा राजमोको ध्यानाकर्षण

जनजीविकाको सबालमा राजमोको ध्यानाकर्षण


  • ढोरपाटन सम्वाददाता
  • साउन १३ २०७८, बुधबार

बागलुङ, १३ साउन– राष्ट्रिय जनमोर्चा बागलुङले कोरोना रोकथामका प्रभावकारी कार्यक्रम संचालन गर्न, सबैलाई खोपको सुनिश्चिततता गर्न र राष्ट्रहित बिपरितका क्रियाकलापमा नलाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।
राजमोका कार्यवहाक अध्यक्ष धर्म कुँवरको अध्यक्षतामा मंगलवार बसेको जिल्ला कार्यसमितिको बैठकले आम नागरिकलाई खोप पाउने अधिकार छिटो उपलब्ध गराउन माग गरेको हो । त्यस्तै कोरोना रोकथामकालागि गरिने क्रियाकलाप प्रभावकारी नभएको समेत ठहर गरेको हो ।
ओली सरकारको बर्हिगमन र बर्तमान सरकार आएपछि राजनीतिमा केही सुधार आएको भन्दै देखिएका आशंका मेट्न भने फेरी कसरत गर्नु पर्ने ठहर बैठकले गरेको जारी बिज्ञप्तीमा उल्लेख छ । एमसिसि पास गर्ने, राष्ट्रघाती र सजाय पाएका मानिसलाई आम माफी दिने र नागरिकता बिधेयक पुर्नजीवित गर्ने जस्ता काममा यो सरकार लाग्न नहुने ध्यानाकर्षण समेत गराइएको छ ।
कोरोना महामारीको अबस्थामा मूल्य वृद्धि बढेको, महामारीको मौका छोपेर कालो बजारी भैरहेको भन्दै त्यस्ता बिषय रोक्न पनि ध्यानाकर्षण गर्ने निर्णय गरेको बताइएको छ । बर्षातको समयमा खसेका पहिरोले हप्तौं सम्म मध्यपहाडी लोकमार्ग, काली गण्डकी करिडोर र ग्रामीण सडकहरु अबरुद्ध भैरहेको बिषय जनताको चासो बढेको भन्दै जनतालाई सास्ती दिने काम रोक्न पनि माग गरिएको छ । अत्यावस्यक सामान ढुवानी गर्ने तथा जनताले दैनिक हिड्न प्रयोग हुने सडकहरु अबरुद्ध हुनु दुःखद हो भन्दै सरकारले तत्काल खोल्ने काम गर्नुपर्ने, उपभोग्य बस्तु आयातमा सहजीकरण गर्नुपर्ने माग पनि गरेको छ ।
राजमो बैठकले ढोरपाटन सिकार आरक्षमा मध्यवर्ती क्षेत्र घोषणा सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गराएको छ । जवरजस्ती मध्यवर्ती क्षेत्र घोषणा गर्दा जनताको सम्पत्ती अधिग्रहण हुने भएकोले व्यक्तिगत सम्पत्ति क्षति नहुने गरी स्थानीयको सहकार्यमा घोषणा गर्नुपर्ने माग गरिएको छ । साथै मध्यवर्ती क्षेत्रको फाइदा जनताले पाउनु पर्ने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->