बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीका सांसद कृष्ण थापालाई हटाइएकोबारे अन्तरिम आदेश दिन अस्वीकार

गण्डकीका सांसद कृष्ण थापालाई हटाइएकोबारे अन्तरिम आदेश दिन अस्वीकार


  • ढोरपाटन सम्वाददाता
  • साउन १३ २०७८, बुधबार
कृष्ण थापा

काठमाडौं, १३ साउन– सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
इजलासले थापालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८, ३२, ३४ का कानूनी प्रावधानबारे सुनुवाइको मौका दिएर प्रदेशसभा सदस्य पदबाट हटाएको पाइएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलासले अन्य कानूनी पश्नहरूको निरूपण भने पूर्ण सुनुवाइबाट गर्नु उचित हुने फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->