बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मन्त्री बनेपछि कँडेल र बुढा गृह जिल्ला बागलुङमा

मन्त्री बनेपछि कँडेल र बुढा गृह जिल्ला बागलुङमा


  • ढोरपाटन सम्वाददाता
  • साउन १६ २०७८, शनिबार

बागलुङ, १६ साउन– गण्डकी प्रदेशका दुईजना मन्त्रीले बागलुङको एकै मंचमा उभिएर शनिबार जनतालाई खोप, देशलाई सच्चा पोलिटिक्स दिने दाबी गरेका छन् । उनीहरुले सबै जनतालाई खोप लगाउने सरकारको पहिलो प्राथमिकतासँगै विधिको शासन स्थापित गर्न एकजुट भएको बताए ।
उनीहरुले प्रदेशका सबै नागरिकलाई खोप लगाउन संघिय सरकारसम्म पुगेर पहल गरिएको समेत बताए । उनीहरुले गण्डकी प्रदेशका सबै नागरिकले खोप लगाउँदा संघिय सरकारलाई आर्थिक योगदान गर्न सक्ने दाबी गरे ।
सरकार गठन भएपछि नीति तथा कार्यक्रममा समेत खोप लगाउने बिषयलाई नै प्राथमिकता राखिएको उनीहरुको धारणा छ । ‘मुख्यमन्त्रीदेखि सबै मन्त्रीको एउटै बुझाइ सबै नागरिकलाई खोप लगाउने भन्ने छ’ पर्यटन, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणीभद्र शर्माले भने, ‘खोप पछि सक्रिय बन्ने व्यवसायी र यहाँको कृषि, पर्यटन र उद्योगले संघिय सरकारमा पनि योगदान दिन सक्छ ।’
शनिबार बागलुङमा आयोजित विभिन्न कार्यक्रममा शर्मासँगै भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा पनि थिए । बुढाले पनि खोप उपलब्ध गराउने नै बर्तमान सरकारको पहिलो कर्तव्य भएको बताए । उनले सबै क्षेत्रको विकासमा जनताको स्वास्थ्य जोडिएकोले खोप व्यवस्थापनमा सबैको ध्यान केन्द्रीत भएको बताए । ‘कोरोनाले थिलोथिलो भएको अर्थतन्त्र उकास्न खोप पहिलो प्राथमिकता हो, हाम्रो साझा बुझाइपनि त्यही भएको छ’ बुढाले भने, ‘कृषि, पर्यटन र सहकारी क्षेत्रबाटै गण्डकी प्रदेश समृद्ध समेत बन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->