शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवलपुरमा एक कोरोना संक्रमितको मृत्यु

नवलपुरमा एक कोरोना संक्रमितको मृत्यु


  • खगेन्द्र पराजुली
  • साउन १७ २०७८, आइतबार

नवलपुर– १७ साउन– मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कावासोतीकी कोरोना संक्रमित बृद्धाको मृत्यु भएको हो । कावासोती नगरपालिका वडा नं. १६ की ८६ बर्षीया बृद्धाको शनिवार साँझ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार असार २९ गते मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको पिसीआर परिक्षणमा ति बृद्धामा कोभिड पोजेटिभ पुष्टि भएको थियो । ति बृद्धालाई निमोनिया सम्वन्धी समस्या भएकाले उपचारका लागि अस्पताल ल्याईएको थियो ।
कोभिड पोजेटिभ देखिएपछि आईसियु कक्षमा राखेर उपचार भईरहेकोमा शनिवार साँझ मृत्यु भएको अस्पताललाई उद्वृत गर्दै नवलपुर प्रहरीले जनाएको हो । आज आईतवार अन्तिम संस्कार गर्न परिवारले शव बुझेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->