बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा अवैध कपडा बरामद

नवलपुरमा अवैध कपडा बरामद


  • ढोरपाटन सम्वाददाता
  • साउन २० २०७८, बुधबार

नवलपुर/ भन्सार छलेर लैजाँदै गरेको अवैध कपडा नवलपुर प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासमा सडक चेकजाँच टोलीले अन्दाजी १ लाख ७८ हजार मूल्य बराबरको ३६ प्रकृतिका सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानमा बच्चादेखि लेडिज र जेन्सका तयारी–फेन्सी कपडाका साथै प्लास्टिकजन्य सामग्री पनि रहेको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका १ स्थित पूर्वपश्चिम मुख्यमार्गको होङ्शी गेटअगाडिबाट प्रहरी सहायक निरीक्षक टेकलाल डुम्रेको नेतृत्वमा खटिएको टोलीले ना २ ख ३५७४ नम्बर को बसमा चेकजाँच गर्ने क्रममा अवैध र वेवारिसे सामान बरामद गरेको हो । सामान कसको हो भन्ने खुलेको छैन ।
नवलपुरतर्फ बरामद हुने अवैध सामाग्री भारततर्फका सीमानाका भैरहवाको कृष्णनगर, सुनौली, परासीको महेशपुर, ठुटीवारी, नवलपुरको त्रिवेणीलगायतका नाकाबाट भित्रिने गरेको यसअघिका अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं एसपी प्रकाश मल्लका अनुसार यस्ता सामान काठमाण्डौ, पोखरा लगायतका बजारमा पैठारी हुने गर्दछ । उनले त्सरी यसअघि बरामद गरिएका सामाग्रीमा ठूला व्यापारीले गरिब तथा विपन्न व्यक्तिहरुलाई ओसारपसारमा प्रयोग गर्ने गरिएको पाइएको जानकारी दिए ।
‘कहिलेकाही ओसारपोसारका क्रममा पक्राउ पर्नेहरुबारे अनुसन्धान गर्दा ठूला व्यापारीहरुले गरिब÷विपन्न वर्गका महिलालाई प्रयोग गर्ने गरेको पाइएको छ,’ मल्ल भन्छन्, ‘बरामद गरिएका सामान प्रहरीको अनुसन्धानपछि पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयमा प्रकृयाका लागि बुझाउने गरिन्छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->