बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देवचुलीले बनायो कानुन

देवचुलीले बनायो कानुन


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७८, शुक्रबार

नवलपुर/ नवलपुरको देवचुली नगरपालिकाले विशेष नगरसभाबाट विभिन्न विधेयक पारित गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को सम्पतिकर र मालपोत तथा भूमिकर सम्बन्धि राजस्वको दररेट संशोधन तथा स्थानीय निकायमा कर्मचारीहरुको बढुवासम्बन्धी विधेयक पारित गरेको हो । देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीद्वारा प्रस्तुत दररेटलाई कार्यपालिका सदस्यबीच छलफल गरि पारित गरिएको हो । आर्थिक वर्ष २०७८/७९ को लागि देवचुली नगरपालिकाले जग्गाको मूल्यांकनको थैली रकम मालपोत कार्यालयले तोके अनुसार कायम गर्ने भएको छ ।
मालपोत कार्यालय कावासोतीले रजिष्ट्रेशन कायम गरेकोभन्दा देवचुली नगरपालिकाको मूल्यांकन रकम अन्य स्थानीय तहभन्दा बढी देखिन आएको जनप्रतिनिधिलगायत स्थानीयबाट गुनासो आएपछि विशेष नगरसभामार्फत् संशोधन गरिएको देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले बताए ।
विशेष नगरसभालेसम्बन्धित स्थानको मूल्यांकन अनुसारको रकम कायम गरि सम्पति कर, मालपोत तथा भुमिकर सम्बन्धि राजस्वको दररेट सर्वसम्मत पारित गरेको छ ।
विशेष नगरसभामा विधेयक विधायन समितिका संयोजक दीनानाथ भुसालद्वारा प्रस्तुत स्थानीय निकायमा कर्मचारीहरुको बढुवासम्बन्धीविधेयकसमेत पारित भएको छ । स्थानीय निकायका कर्मचारीहरुको बढुवाका लागि दरबन्दी स्वीकृत गरी साविक पदाधिकार रहेको पदलाई नै स्वतः एक तह माथिल्लो पद कायम गर्ने गरि पाँचौंदेखि सातौं तहका ७ पदहरुको दरबन्दी स्वीकृत भएको विधेयक सर्वसम्मत पारित भएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->