बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विज्ञापनका बोर्डले कुरुप बन्दै लामो झोलुङ्गे पुल

विज्ञापनका बोर्डले कुरुप बन्दै लामो झोलुङ्गे पुल

विज्ञापन गर्ने कम्पनी वा फर्मले तिरेको करबाट बोर्डको व्यवस्थापन गर्नुपर्ने नगरपालिकाले भने बोर्डहरु राखेको बिषयमा आँफुहरुलाई जानकारी नभएको बताएको छ ।


  • ढोरपाटन सम्वाददाता
  • साउन २३ २०७८, शनिबार

बागलुङ/सिंगल स्पान प्रबिधिमा बनेको संसारकै लामोपुल भनेर प्रचारित बागलुङ अदुवाबारी पुलको अबलोकनका लागि आउनेको ठुलो लर्को छ ।
कोरोना महामारीका कारण भैरहेको निषधाज्ञा र महामारीको त्रास छल्दै पुल गुम्न आउनेहरुको कमी छैन् । कालिगण्डकी माथी बनेको पुल आँफैमा सुन्दर छ । पुलको पश्चिमतर्फ पर्ने शहिदपार्कले पर्यटकहरुलाई लोभ्याउँछ । त्यहीं पार्कतर्फको भाग अव्यवस्थित रुपमा विज्ञापनका लागि राखिएका होर्डिङ बोर्डहरुका कारण कुरुप हुन थालेको छ ।
पुल घुम्नका लागि आउने पर्यटक भने छेउछाउका जर्बजस्त राखिएका होर्डिङ बोर्डले गिज्याउने गरेको छ । ‘लामो पुलको राम्रो फोटो खिचौं भनेको दायाँबाँयाँ साथी राखेको जस्तै विज्ञापनका बोर्डको फोटो आउँदो रहेछ’ पोखराबाट घुम्नका लागि बागलुङ आएका सुदिप पौडेल भन्छन् ‘पुल र प्रकृति छेकिने गरेर किन बोर्ड राखेका होलान् ?’
अष्टे«ेलिया, जापान लगायतका देशमा अध्ययनका लागि विद्यार्थी पठाउने बागलुङका केही कन्सल्टेन्सीहरुले पुलको छेउछाउमा होर्डिङ बोर्ड राखेका छन् । नगरका जुनसुकै सार्वजनिक स्थानमा बोर्ड राख्दा निश्चित राजश्व तिर्नुपर्ने व्यवस्था छ । विज्ञापन गर्ने कम्पनी वा फर्मले तिरेको करबाट नगरपालिकाले बोर्डको व्यवस्थापन गर्नुपर्ने हो । तर बागलुङ नगरपालिकाले भने बोर्डहरु राखेको बिषयमा आँफुहरुलाई जानकारी नभएको बताएको छ । ‘रामरेखा सामुदायीक वनक्षेत्र पर्छ, बनकै जग्गा हो, बनले दिएको भए थाहा भएन्’ बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले भने ‘अव्यवस्थित र कानुनविपरित राखेको भए हटाउने काम हुन्छ ।’
रामरेखा सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष कर्ण बोहराले केही कम्पनीले बोर्ड राख्नका लागि अनुरोध गरेको भएपनि कुनै प्रक्रिया भने पुरा नगरेको बताए । ‘राजस्व तिर्नु पर्छ वा सेवा शुल्क लिन पाईन्छ भन्ने बिषयमा महाई थाहा भएन्, केही भाईहरुले बोर्ड राख्छौं भनेका थिए ।’ व्यवस्थित नगरिएका बोर्डहरुका कारण पुलमा आउने पर्यटक तस्विर खिचाउन हिचकिचाउने गरेका छन् । पुलमा खिचिएको तस्विरमा बोर्डको स्पष्ट चित्र आउने र निशुल्क सामाजिक सञ्जालमार्फत विज्ञापन हुनेगरी बोर्ड राखिएको छ ।
बागलुङकै मुख्य प्रबेशद्वार मालढुंगामा पनि अव्यवस्थित बोर्डका कारण कुरुप देखिने गरेको छ । व्यवसायिक प्रयोजनका लागि राखिएका अव्यवस्थित होर्डिङ बोर्डहरुले बागलुङ प्रवेशद्धारको शोभा नै घटाईदिएको छ । प्रवेशद्धारमै जिल्लाका धार्मिक, प्राकृतिक तथा साँस्कृतिक सम्पदाको चिनारी गराउनु पर्ने ठाउँमा अव्यवस्थित व्यवसायिक होर्डिङ बोर्ड मात्र टाँगिएका छन्् ।
मदिराका होडिर्ङ बोर्डले बागलुङमा स्वागत गरिरहेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमारले श्रेष्ठ बताए । ‘हाम्रो चिनारी यहीं हो ? मदिराको व्यापार ? उनले भने ‘हामीले देखाउने र चिनाउने कुरा धेरै छन्, त्यसतर्फ कसैको ध्यान गएन् ।’ सन्देशमुलक बोर्ड बाहेकका अन्य बोर्ड तथा ब्यानरहरु हटाउनको लागि प्रक्रिया बढिरहेको बागलुङ नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->