बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

केटा साथीसँग होटलमा गएकी किशोरीको शंकास्पद मृत्यु

केटा साथीसँग होटलमा गएकी किशोरीको शंकास्पद मृत्यु


  • खगेन्द्र पराजुली
  • साउन २३ २०७८, शनिबार

नवलपुर/केटा साथीसँग लज सहितको होटलमा गएकी एक किशोरीको शंकास्पद मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ त्रिवेणीमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं. १२ की १७ बर्षीया किशोरीको शुक्रबार साँझ मृत्यु भएको हो ।
त्रिवेणीका होटल शाही प्यालेसको छुट्टै कोठामा किशोर–किशोरी केहीबरे बसेपछि किशोरी अचानक बिरामी परी चौपत्ताको शहिद स्मृती सामुदायिक अस्पताल पु¥याईएकोमा चिकित्सकले उनको मृत्यु भएको पुष्टि गरेपछि घटना शंकास्पद भएको भन्दै नवलपुर प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीका अनुसार, होटल रहेको क्षेत्र नवलपुरतर्फ परेकाले ईलाका प्रहरी कार्यालय दुम्कीबासबाट इन्स्पेक्टर हिक्मत थापा नेतृत्वको प्रहरीको टोली घटनास्थलमा गई घटनाबारे अनुसन्धान गरिरहेको छ भने अस्पताल पश्चिम नवलपरासीमा भएकाले मृतकको शव परिक्षणका लागि परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पताल पठाएपछि थप अनुसन्धान पश्चिम नवलपरासीले समेत गरिरहेको छ ।
प्रहरीले अनुसन्धानका क्रममा होटल सञ्चालक भोज बहादुर थापालाई र किशोरीसँगै होटल गएका किशोरले प्रयोग गरेको मोटरसाइकल प्रहरीले शुक्रबार राती नियन्त्रणमा लिएको छ । किशोर भने फरार छन् । फरार रहेका १७ बर्षकै किशोरले घटनापछि फोन गरेका उनका साथी र मोटरसाइकल धनी पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं. १२ शान्तिटोलका २८ वर्षीय ब्यासप्रसाद भरलाई शनिवार बिहान नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->