बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एसईईको नतिजा प्रकाशित : कक्षा १२ को परीक्षा स्थगित

एसईईको नतिजा प्रकाशित : कक्षा १२ को परीक्षा स्थगित


  • ढोरपाटन सम्वाददाता
  • साउन २३ २०७८, शनिबार

काठमाडौं/राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।
आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै एनसेलको वेवसाइटमा गइ आफ्नो नतिजा निशुल्क हेर्न सकिन्छ ।
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा गरेको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।
परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । यसअघि एक महिना अघि परीक्षा तालिका सार्वजनिक गरिन्थ्यो ।
गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्नका लागि बोर्डलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->