बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सिजीमा करेण्ट लागेर मजदुरको मृत्यु

सिजीमा करेण्ट लागेर मजदुरको मृत्यु


  • ढोरपाटन संबाददाता
  • भाद्र ४ २०७८, शुक्रबार

नवलपुर/ सिजी उद्योगमा करेन्ट लागेर एक कर्मचारीको ज्यान गएको छ । आज बिहीबार बिहान करिब ११ बजेको समयमा देवचुली १२ का चक्रपाणी भुसाललाई करेन्ट लागेको ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख एवं इन्स्पेक्टर नवीन थापाले जानकारी दिए ।

चौधरी उद्योगमा ईलेक्ट्रिसियन विभागमा कार्यरत ४० वर्षीय भुसाललाई बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेको प्रहरी निरीक्षक थापाले बताए । करेण्ट लागेर घाईते भएपछि सँगै भएका साथीले खवर गरेपछि तुरुन्तै दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र (नगर अस्पताल) पुर्याएकोमा अवस्था गम्भीर रहेकोले भरतपुरस्थित नयाँ मेडिकल कलेज रेफर गरेकोमा अस्पतालले मृत्यु पुष्टि गरेको जनाइएको छ ।

उद्योगको बियर प्लान्ट गत जेठ १९ गते लागेको आगोलागीवाट क्षति पुगेको थियो । आगो नियन्त्रण लिने क्रममा हेभी ईक्युप्मेण्ट र दमकल प्रयोग गर्दा बिजुलीका थुप्रै कनेक्सनहरु बिग्रिएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->