शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

व्यवहारिक शिक्षा आवश्यकता

व्यवहारिक शिक्षा आवश्यकता


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०७८, आइतबार
भीरकोट नपा २ को दशथुम मावि अफलाइन शिक्षा एप परीक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठ । तस्वीर : अर्जुन काफ्ले ।

स्याङ्जा/गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले ब्यवहारिक शिक्षा अहिलेको पहिलो आवश्यकता रहेको बताएका छन् ।
भीरकोट नपा २ को दहथुम माविमा बालबालिकाका लागि अनलाइन/अफलाइनमा आधारित वैकल्पिक सिकाइ सामाग्री परीक्षण कार्यक्रम तथा अफलाइन मोबाइल एपको डेमो परीक्षण प्रस्तुति तथा शुभारम्भ कार्यक्रममा शिक्षालाई पविर्तन गर्न नसकेमा केही हुन नसक्ने बताएका हुन् ।

अहिलेको शिक्षा आत्मनिर्भर, व्यवसायी बनाउनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले समय भूगोल चिन्ने खालको शिक्षा हुनुपर्ने जिकिर गरे । बजार केन्द्रित शिक्षालाई अफलाइन माध्यमबाट ग्रामीण भेगसम्म पु¥याउने लक्ष्य रहेको उनको भनाइ थियो । ‘अहिलेको शिक्षा बजार केन्द्रित भएको छ । गाउँको शिक्षालाई प्रभावकारी बनाउन अफलाइन शिक्षा प्रदेशले सुरुवात गरेको हो,’ उनले भने ।
मन्त्री श्रेष्ठले कोरोनाको कहरले शिक्षालाई पछाडि धकेलेकाले त्यसको भरणपोषणका लागि अफलाइन शिक्षाको आवश्यकता औंल्याए । ‘दहथुमबाट सुरुवात गरेको वैकल्पिक शिक्षा गाउँ केन्द्रित शिक्षाको टे«लरमात्र हो,’ उनले भने, ‘कोरोनाको कहरमा शिक्षाबाट बालबालिका वञ्चित नहुन अनलाइन÷अफलाइन शिक्षा प्रभावकारी हुने विश्वास छ ।’

सामुदायिक विद्यालयको अवस्था अहिले खस्केकाले कमजोरी खोजेर राम्रो बनाउन निर्देशन दिए । यस अघि पहिला ५ विद्यालयका ५÷५ जना विद्यार्थी र विज्ञ शिक्षकलाई सिकाएर परीक्षण गर्दा राम्रो देखिएकाले अध्ययन गरेको विद्यालय दहथुम मावि रोजेको बताए । दशथुमबाट श्रेष्ठले औपचारिक शिक्षाको सुरुआत गरेका हुन् ।

कार्यक्रममा भीरकोट नगरपालिका प्रमुख छायाँराम खनालले ३ महिनाबाट मोबाइल एप्सको छलफल भएको र सफल भएको बताए । पहुँच नभएका ठाउँमा अफ्लाइन वैकल्पिक सिकाइ प्रभावकारी हुने गण्डकी प्रदेश शिक्षा निर्देशनालय निर्देशक अम्बिका आचार्यले दाबी गरे ।
दहथुम माविमा अफलाइन शिक्षा परीक्षण प्रभाकारी भए प्रदेश भित्रका १ हजार ४४८ वटा विद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका ३ लाख ६४ हजार बढी विद्यार्थी लाभान्वित हुने आचार्यले जानकारी दिए । विद्यार्थीले मोबाइल एप्स खोलेपछि कक्षा आउने, विषय आउने र थोरै समयको अनलाइनबाट धेरै समयको अफलाइन पढाइ डाउनलोड गर्न सक्ने र वैकल्पिक सिकाइ गर्न सक्ने सुनाए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->