
स्याङ्जा/ बिगतमा बादर नहिँड्ने फेदिखोला गाउँपालिका ४ गलेम सडक खण्ड कालोपत्रे हुन थालेको छ ।
स्थानीय तह बनेसँगै फेदिखोला १ सर्केटारी हँुदै गलेम जानको लागि कच्ची सडक खनेर कालोपत्रसमेत अगाडी बढेको हो । सर्केटारी –सडकखण्डको सर्केटारी गलेम आठ किलोमिटरमा कालोपत्रे बनाउने काम तीव्र रुपमा अगाडी बढेको छ ।
मुख्य गरेर सर्केटारीबाट आरुखर्कसम्म कच्चीबाटो खनिय पनि बादर समेत हिड्न नसक्ने गलेम खण्ड भने स्थानीय तह निर्माणसँगै स्थानीय, गाउँपालिका र सांसद विकास कोषको सहयोगमा खनिएको हो । सकेर् टारी गलेम पञ्चासे सडकखण्डको भिरखण्ड ०६८ सालबाट खन्न थालिएपनि स्थानीय तह बनेसँगै बाटो निर्माणले सार्थकता पाएको हो । भिरखण्डको दुई हजार छ सय मिटर स्थानीय तह निर्माणपश्चात एक करोड ५६ लाख ६३ हजारमा फोरिएको हो ।
स्थानीय तहको सक्रियता भिरखण्ड फोरिसगै सर्केटारीबाट कालोपत्रे प्रक्रिया अगाडी बढेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । सर्केटारीबाट साढे छ किलोमिटरको यात्रा पश्चात गलेम पुग्न सकिनेमा थप १३ किलोमिटरमा पंचासे पुग्न सकिन्छ । सडक खण्डको गाउँपालिकाले एक करोड १६ लाखमा एक किलोमिटर कालोपत्रे गरेको छ भने प्रदेश सरकारले करिब तीन करोडमा एक किलोमिटर ढलान र एक किलोमिटर ग्राबेल गरेको छ ।
पालिका निर्माणसँगै धेरै काम गरपनि प्रदेश सरकारमा नयाँ नेतृत्व आएसगै बजेट कटौटी गरेको बिकास समस्या भएको अध्यक्ष सुवेदीको भनाई थियो । यस्तै पालिकाले एक किलोमिटर ग्राबेल गर्ने तयारी गरेको इन्जिनियर तारानाथ पौडेलले बताए । यसै आर्थिक वर्षमा ग्राबेल भएको सडक कालोपत्रे र गलेम जाने भिरखण्ड सडक ग्राबेल हुने पौडेलले बताए । भिरखण्ड फोरेर गलेममा मोटर बाटो पुग्छ भन्ने कहिल्यै नसोचेको बताउदै ७४ वर्षीय ढुण्डीराज पाौडेललेदुई डोजर पुरिएर पनि जिल्लाको विकट गलेममा मोटर पुगेको बताए । यात्रा तथा समान किनेर आउदाँ सर्केटारीबाट पाँच घण्टा लाग्ने बाटो एक घण्टा आउन सकिने भएको पौडेलको भनाई छ ।





