बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पहिरोमा परी नवलपरासी पूर्वमा तीनजना बेपत्ता

पहिरोमा परी नवलपरासी पूर्वमा तीनजना बेपत्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७८, शुक्रबार

नवलपुर/ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा परी तीनजना बेपत्ता भएका छन् ।
हुप्सेकोट–४ माथिल्लो चार घरेकी ४० वर्षीया धनमाया पुलामी र उनका दुई नातिनीहरू करिब सात वर्षीया भुमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुर का प्रवक्ता प्रहरी निरीक्षक मधुसूदन सिंहका अनुसार बिहीबार राति करिब २ बजे गएको पहिरोले ५० वर्षीय हस्तबहादुर पुलामीको घर पूर्णरूपमा क्षति भएको हो । पहिरोमा हस्तबहादुरलाई पुरेको थियो । उनको स्थानीयले तत्काल उद्धार गरी नजिकैको विद्यालयमा राखेका थिए । उनलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पतालमा लगिसएको प्रहरी निरीक्षक सिंहले बताए ।
पहिरोमा परी बेपत्ता भएको थाहा पाए लगत्तै स्थानीयसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->