बागलुङ/ नेकपा (एकीकृत समाजवादी) को बागलुङ बजारमा सम्पन्न भेलाले लालबहादुर थापाको संयोजकत्वमा भेला आयोजक कमिटि गठन गरेको छ ।
नेकपा एमालेबाट बिभाजन भएर बनेको माधन नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) बागलुङको भदौ महिनामा भेला सम्पन्न गर्ने गरि थापाको संयोजकत्वमा ५१ सदस्यिय भेला आयोजक कमिटि गठन गरेको हो ।
भेलाले भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी, जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको ४ सदस्यीय कार्यालय व्यवस्थापन उपसमिति, शालिकराम शर्माको संयोजकत्वमा सामाजिक संघसंस्था समन्वय उपसमिति, जीवन आचार्यको संयोजकत्वमा चक्र थापा र डम्बर श्रीस सदस्य रहेको ३ सदस्यीय जनप्रतिनिधि समन्वय उपसमित गठन गरेको छ ।
त्यसैगरि सुरज बोसेलको संयोजकत्वमा प्रदिप आचार्य र फडिन्द्र खड्का सहित ३१ सदस्यीय युवा तथा खेलकुद जिल्ला भेला आयोजक कमिटी, नारायण पौडेलको संयोजकत्वमा बिद्यार्थी भेला आयोजक कमिटि लगाएत पालिका, जनसंगठन,पेशागत संगठन का विभिन्न उपसमिति गठन गरेको छ ।
कार्यक्रममा संयोजक लालबहादुर थापाले प्रतिगमनकारी तत्वको बिरुद्धमा संगठित भएर अगाडि बढ्नका लागि नयाँ पार्टीको उदय भएको र जनताको भविश्य यसैमा रहेकाले नेकपा (एकीकृत समाजवादी) मा लाग्न सवैलाई आग्रह गरे ।





